News & Events»
खेलाडीहरुलाई शुक्रबार धनगढीबाट बिदाई

 धनगढी २५ जेठ, 

दक्षिण एशियाली महांसघ (साफ) को आयोजनामा भुटानमा हुने फुटवल प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोटका प्रतियोगिताका खेलाडीहरुलाई शुक्रबार धनगढीबाट बिदाई गरेको छ । 
जेष्ठ २७ र २८ गते काठमान्डौमा हुने केन्द्रिय छनौटमा सहभागिताका लागि सुदूरपश्चिम क्षेत्रिय टोलीका खेलाडीहरुलाई कैलाली जिल्ला फुटबल संघ बिदाई गरेको हो । 
साफ (१५ वर्ष मुनी) महिला च्याम्पीयनशिप  र साफ (१८ वर्ष मुनी) महिला च्याम्पियनशिपमा सहभागिताका लागि क्षेत्रिय टोलीमा यु–१५ अन्र्तगत कैलालीका १८ र कंचनपुरबाट २ जना गरी २० जना, यु–१८ अन्र्तगत कैलालीबाट २ जना, कंचनपुरबाट ४ गरी ६ जना सो छनौटका लागि काठमाण्डौ पठाईएको कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहित शाहले जानकारी दिए । टोलीलाई कैलाली जिल्ला फुटवल संघका प्रशिक्षक यज्ञ श्रेष्ठले अभिभाकत्व गरी काठमाण्डौ गएका छन् । 
विदाई कार्यक्रममा कैलाली जिल्ला फुटबल संघका उपाध्यक्षद्वय अनिल मल्ल र  राघवेन्द्र कार्कीले महिला खेलाडीहरुलाई राष्ट्रिय टोलीमा छनोटमा पर्न शुभकामना व्यक्त गरेका थिए । 
१८ बर्ष मुनिका ६ जाना खेलाडीहरु छनोटमा परेका थिए । जसमा उषा नाथ (गोलरक्षक), बसन्ती नाथ, पुनम पासवान, पुजा पातली, भावना पातली र प्रियंका राना रहेका छन् । 
त्यसैगरी १५ बर्ष मुनीका २० जना खेलाडी छनोटमा परेका छन । जसमा शुसीला चौधरी, जमुना कुँवर, सरस्वती रोकाया, बिनिता बोहरा, प्रतिक्षा चौधरी, सरिता न्यौपाने, प्रमिला चौधरी, सुरक्षा सिह, शुस्मा शाही, सुस्मिता चौधरी, अस्मिता चौधरी, सिमा रावल, कमला बिष्ट, मिना कुँवर, आकृती भुसाल, चन्द्रा भण्डारी, श्रीषा कार्की, अञ्जली चन्द, हिमा रावल र तुलसा बोहरा रहेको कैलाली जिल्ला फुटवल संघका उपाध्यक्ष तथा खेलाडी छनोट संयोज रागवेन्द्र कार्की (रागव)ले जानकारी दिए । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार