News & Events»
सामुदायिक रेडियो टीकापुर एपएमको पाचौ साधारण सभा सम्पन्न, टीकापुरको विकासका लागि नयँ सोचका साथ अ

 टीकापुर २६ जेठ, 

नेपाली कांग्रेस प्रदेश ७ संसदीय दलका नेता तथा प्रदेश सांसद डाक्टर रणबहादुर रावलले सामुदायिक भावनाबाट पे्ररित भएर स्थापना भएको रेडियोले सामाजिक विकास, आर्थिक विकासका लागि गरेका कार्यको सहना गर्नुभएको छ ।
 सामुदायिक रेडियो टीकापुर एपएमको पाचौ साधारण सभा उद्घाटन कार्यक्रलाई सम्बोधन गर्दै उहाले टीकापुरमा नयँ सोचका साथ अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बत्ँँउदैं विभिन्न खण्डमा भएको घटनालाई बिर्सदै राजनिति भन्दा माथी उठेर काम गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । रावलले आफू विकास तथा सामाजिक हितका कार्यमा पार्टीगत रुपमा नजाने बताउंदै मिडियालाई समयमा खबरदारी र सम्झाउने कार्य गर्न आग्रह गर्नुभयो ।
रावलले प्रदेश सरकारले यहांको विकासका लागि बजेट ल्याउनु पर्ने माग उठिरहेको बताउनुभयो ।
जातिमा विविधता रहेकोले रहेक जातिको सस्कृतिको संरक्षण, सम्वद्धन गर्ने कार्यक्रम आवश्यक रहेको बताउंदै अब जनता लडाउने नभई विकास र सद्भाव बढाउने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । रावलले छोटी भन्सार सत्तीलाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा नसमेट्दा सौतेलो व्यवहार महसुस भएको बताउंदै यसपटकको नीति तथा कार्यक्रममा पार्न दवाव दिएको बताउनुभयो । 
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा प्रदेश सांसद उमादेवी वादीले सामुदायिक रेडियोले महिला तथा पछाडि परेका समुदायको उत्थान, विकास र हितमा गरेका कार्यको उच्च मूल्यांकन गरेको बताउनुभयो । वादीले समुदायका लागि रेडियोले विभिन्न पक्षमा काम गरेको बताउंदै अब टीकापुरको शान्ति र समृद्धिका लागि सबैको सकारात्मक पहल आवश्यक रहेको बताउनुभयो ।
विशिष्ट अतिथि तथा पूर्व सांसद हरि ज्ञवाली अखण्डले टीकापुरमा भएको विसंगति अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । ज्ञवालीले टीकापुरमा शान्ति कायम गर्न व्यवहारिक रुपमा सबै सुध्रिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिकाका उप्रमुख केशरी विष्टले नगरपालिकाको काम कर्तव्यबारे एफएमले सचेत गरिरहेको बताउंदै पारदर्शिता र सुशासन कायम गर्न खबरदारी गरिदिन आग्रह गर्नुभयो  ।
कार्यक्रममा नगर विकास समितिका अध्यक्ष रामचन्द्र शर्मा कट्टेल, रेडियोका पुर्व अध्यक्ष नवराज रावल, पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, सामाजिक संस्थाका तर्फबाट सन्त निरकारी मण्डलका नेपाल प्रभारी नरबहादुर रावल, नागरिक संस्थाका तर्फबाट लालबिर चौधरी, नगरस्तरिय कृषक समितिका सचिव जीतबहादुर चौधरी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रम समापन गर्दै कार्यवहाक अध्यक्ष केशरबहादुर कुंवरले एफएमको टावर तत्कालै प्रतिस्थापन गर्नुपर्ने लगायतका रेडियोका धेरै समस्या रहेको बताउनुभयो । उहांले धेरै संघर्ष गरेर रेडियो यो स्थितिसम्म आइपुगेको बताउंदै समुदायको, स्थानीय तहको सहयोग आवश्यक रहेको बताउनुभयो । 
स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिनाले संचालन गर्नुभएको कार्यक्रममा स्वागत रेडियोका प्रवन्ध निर्देशक मातृका तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन समारोहको रेडियोले प्रत्यक्ष प्रसारण गरेको थियो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार