News & Events»
टीकापुर नगरपालिकाको तेस्रो नगर सभा शुरु, आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत

 टीकापुर १० असार, 

टीकापुर नगरपालिकाको तेस्रो नगर सभामा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलको अध्यक्षतामा भएको नगर सभामा उपपप्रमुख केशरी विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले  नगरको पहिचानका रुपमा रहेका र नगरको समग्र विकास सँग जोडिएका नगर गौरवका आयोजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएको छ । प्रकोप र विपद जन्य घटनाहरुमा यथोचित राहत प्रदान गर्नका लागि पूँजीगत बजेटको ३% रकम अग्रिम रुपमा कट्टा गरी विपद व्यवस्थापन कोषको स्थापना गर्नुका साथै राहत वितरणको ब्यवस्थित मापदण्ड तयार गरी कार्यान्वयन ल्याईने नीति लिएको छ ।
न्गरपालिकाले विकासमा आम जनताको सहभागिता सुनिश्चित गर्नका लागि ५०% भन्दा बढी लागत सहभागितामा आयोजना संचालन गर्न प्राथमिकता दिई सोका लागि साझेदारी रकम विनियोजन गर्ने नीति लिएको छ । नगरपालिकाले पार्कको विकास, शिक्षा, खेलकुद, कला, संगीत, साहित्य, पत्रकारिता, खोज अनुसन्धान लगायतका विभिन्न विधा र विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती र प्रतिष्ठा कमाई टीकापुरको चिनारी बढाउन योगदान दिने व्यक्तित्वहरुलाई प्रोत्साहन र सम्मान गर्ने नीति लिएको छ ।
सामुदायिक पशु चौपायाहरुको समस्याको दीर्घकालिन समाधान, पर्यटन विकास र प्रवद्र्धन, टीकापुर बजारको मुख्य मुख्य क्षेत्र, चोक, लगायतका स्थानमा सि.सि.क्यामेरा जडान, मुख्य सडकहरुमा सडकबत्ती जडान गर्ने नीतिमा उल्लेख छ ।
नगरपालिकाले भू–उपयोग नीति, मसानघाटहरुको स्तर वृद्वि र व्यवस्थापन, चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन बनाई निर्माण कार्य थालनी गर्ने नीति लिएको उपप्रमुख केशरी विष्टले बताउनुभयो ।
नगरपालिकाले सबै वडाहरुमा रहेका सामुदायिक विद्यालयहरु मध्ये “एक वडा एक नमूना सामुदायिक विद्यालय” कार्यक्रम क्रमशः लागु गर्ने, पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा अभियान विस्तार गरी शहरी स्वास्थ्य केन्द्रहरुमा थप बर्थिङ्ग सेण्टर सञ्चालन गर्ने नीति लिएको छ । 
नगरपालिकाले  पर्यटन प्रवद्र्धन, उद्योग तथा नयां प्रविधिको विकास, सहकारी क्षेत्रको प्रवद्र्धन, कृषि क्षेत्रको विकास र प्रवद्र्धन, पशुपालनमा प्रोत्साहन, खेल क्षेत्रको विकास, गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिने खालका नीति प्रस्तुत गरेको छ । नगरपालिकाले आर्थिक स्थिति कमजोर भएका एच.आई.भी. संक्रमितहरुलाई स्वास्थ्य सेवा सुलभताका लागि स्वास्थ्य बीमा गरी दिने व्यवस्था मिलाउने, टीकापुर अस्पतालमा लैंगिक हिंसा र एकद्धार संकट निवारण व्यवस्थापन केन्द्र स्थापना गर्न पहल गर्ने, आमा सुरक्षा कार्यक्रमलाई थप ब्यवस्थित बनाउदै नगर स्तरिय सुरक्षित मातृत्व आकस्मिक कोषको स्थापना गर्ने कार्यक्रम प्रस्तुत गरेको छ ।
नगर सभाको उद्घाटन समारोह समापन गर्दै नगर प्रमुख तपेन्द्र बहादुर रावलले आफूहरु सिक्ने चरणमै रहेकोले पहिलो बर्ष खासै काम गर्न नसकेको बताउंनुभयो । रावलले नगरको विकास हुने खालका कार्यक्रम र योजना ल्याउन सबैको सक्रीयता रहने बताउनुभयो । 
कार्यक्रम प्रशासकीय अधिकृत रन्जु आचार्यले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार