News & Events»
जोशीपुर गाउ“पालिकाको २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत, ३३ करोड २४ लाख ५ हजार रुपैया बराबर

 टीकापुर १० असार, 

कैलालीको जोशीपुर गाउ“पालिकाको २०७५÷०७६ को नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गरिएको छ ।  गाउ“पालिकाको सभामा  अध्यक्ष रामकृष्ण चौधरीले नीति तथा कार्यक्रम र बजेट पेश गर्नुभएको हो । अध्यक्ष चौधरीले पेश गरेको नीति तथा कार्यक्रममा सहकारी, पर्यटन विकास, पशुपालन, आय आर्जन तथा शिपमुलक तालिमलाई प्राथमिकता दिइएको छ । यसैगरी रोजगार, कृषि उत्पादनमा जोड, पूर्बाधार विकासमा जोड दिइएको छ ।
 यसैगरी अध्यक्ष चौधरीले ३३ करोड २४ लाख ५ हजार रुपैया बराबरको बजेट पेश गर्नुभएको छ । राय सुझाव आउला भनेर आम जनता माझ नीति तथा कार्यक्रम पेश गरेको अध्यक्ष चौधरीले बताउनुभयो । सभाको उद्घाटन प्रदेश नम्बर ७ का नेपाली कांग्रेसका संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले गर्नुभएको हो । 
उद्घाटन पछि डाक्टर रावलले अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न सुझाव दिनुभयो । रावलले प्रदेशको बजेट दया लाग्दो अवस्थामा रहेको बताउंदै बजेटले आर्थिक समृद्धि भन्दा पनि गरिबी बढाउने खालको रहेको बताउनुभयो ।
उहा“ले गाउ“पालिकाले ल्याएको नीति तथा कार्यक्रममा प्रष्ट मार्ग भएको भन्दै कार्यान्वयनमा सतर्कता अपनाउन जोड दिनुभयो । 
कार्यक्रममा पूर्ब सांसद बुद्धिसागर चौधरी, नेपाली कांग्रेस कैलालीका उपसंयोजक बीरु चौधरी, नेपाली कांग्रेस कैलालीका पूर्ब उपसभापति बीरबहादुर हमाल र क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले नीति तथा कार्यक्रम राम्रो रहेको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउन सुझाब दिनुभएको थियो । यसै गरी बडघर सत्ताराम चौधरी, अपांग संघका प्रतिनीधि जगबहादुर चौधरी,महुन्याल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नृपबहादुर कुव“र, शिक्षक संघका लिलाराम ओली, बजार व्यबस्थापन समितिका अध्यक्ष बिश्वनाथ चौधरी, नेपाली कांग्रेसका गाउ“शाखा सभापति बंसराम बडायक र नेकपाका प्रतिनीधि प्रेम चौधरी लगायतले  नीति तथा कार्यक्रमको बारेमा सुझाब दिनुभएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष गिता कठरियाले गर्नुभएको थियो भने संचालन नायब सुब्बा सिद्धराज जोशीले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार