News & Events»
टीकापुरमा मुक्त कमैया र सुकुम्बासीको समस्याका बारेमा छलफल, शिविरमा विजुलीको व्यवस्था गरिदिन म

 टीकापुर ११ असार, 

टीकापुरमा मुक्त कमैया सुकुम्बासीको समस्याको बारेमा छलफल भएको छ । छलफल कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ मा रहेका एकतानगर, विशालनगर र शिवनगर बस्तिका सुकुमबासी समस्या र व्यवस्थापनका बारेमा छलफल भएको हो । 
  कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि गंगाराम आचार्यले एकतानगर, शिवनगर र विशालनगरमा रहेको ढल निकासको लागि पहल गर्ने र  हेमपाईपको व्यवस्था गर्ने बताउदै प्रमुख समस्याको रुपमा रहेको विद्युत समस्या समाधानको लागि विद्युत जडान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाले मुक्त कमैया समस्याको बारेमा कार्यपालिकामा छलफल गरिरहेको जानकारी गराउदै गास बास कपासको लागि पनि पहल गर्ने बताउनु भयो ।
 
कायर््क्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले सुकुम्बासी समस्या समाधानको लागि दीर्घकालिन सोच बनाउन आवश्यक रेहेका बताउनु भयो ।
 
 त्यस्तै नेकपाको जिल्ला सचिवालय सदस्य धुव्र परियारले सुकुमबासी समस्या समाधानको लागि सधै पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति धनराज उपाध्याय, नेकपा नगर अध्यक्ष मोहन विक, नया शक्ति पार्टी हरी तिमिल्सिना, नेकपाका क्षेत्रीय सदस्य खडक शाह, रा.प्र.पाका रामकृष्ण चौधरी, टीकापुर साना सहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष नवराज रावल, स्पिड नेपालका ललिता सुनार लगायतले आफ्नो प्रतिबद्धता सहित मन्तब्य राख्नु भएको थियो ।
 
कार्यक्रमममा नन्द विकले स्थानिय सरकारलाई सुकुम्बासी समस्याको बारेमा आवाज उठाउन आग्रह गर्नु भयो । 
 
कार्यक्रममा श्यामप्रसाद डगौरा थारु, रणबहादुर विक लगायतले सुकुम्बासी समस्याको बारेमा बोल्नु भएको थियो । 
 कार्यक्रममा उपस्थित सबै राजनीतिक दलका प्रनितिधिहरुको रोहबर सुकुम्बासी समस्याको लागि र विद्युत जडान, खानेपानी र ढल निकासको लागि विशेष पहल गर्ने प्रतिबद्धता सहित निर्णय पनि गरिएको छ । रामफल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विवश चौधरीले संचालन गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार