News & Events»
टीकापुर नगरपालिका वडा नं. ५को सार्वजनिक सुनुवाई, स्थानियहरु वडाको कार्यक्रम र योजनाको बारेमा स

 टीकापुर १२ असार, 

टीकापुर नगरपालिका वडा नं. ५का स्थानियहरु वडास्तरको कार्यक्रम र  योजनाको बारेमा   सुचना प्रवाहलाई प्रभावकारी बनाउन माग गरेका छन ् । टीकापुर नगरपालिका वडा नं. ५ को आर्थिक वर्ष २०७४÷०७५को सेवा प्रवाह , कार्यक्रम योजनाबारे सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले वडामा रहेको योजना, कार्यक्रमको बारेमा स्थानियलाई समयमा जानकारी दिनु पर्ने, पार्दशिता  र जावफदेहिता हुनु पर्ने  बताएका छन् । 
कार्यक्रममा स्थानिय गंगनसिह ठकुल्लाले हतारमा वडाको योजना बनाउने कार्य भएकोले नितिगत,प्रक्रियागत, प्राविधिक मापदण्ड   अनुसार नभएको बताउनु भयो । उहाँले उपभोत्ता समिति गठन प्रक्रियामा ध्यान दिई वडाको योजनालाई  सम्भाव्यताका खोजी गरि  प्राथमिकिकरण गर्नु पर्ने  बताउनु भयाृ ।   वडाको योजनाको सार्वजनिक परिक्षण  गर्नु पर्ने भए पनि वडामा सामाजिक परिक्षणमा किर्ते हस्ताक्षर  हुने काय भएको बताउनु भयो ।
सिंहराज मगरले वडामा सिप विकास सँग तालिम  भए पनि प्रत्येक समुदायमा समयमा सुचना  प्रवाह गरि कार्यक्रममा समेट्नु पर्ने बताउनु भयो । उहाँले वडा नं. ५को कर्णालेश्वर प्रावि पुरानो ठाँउमा पुर्नस्थापनाको पहल हुनु पर्ने  बताउनु भयो । 
धर्मराज जैशीले वडातहमा वडघरसँग कुनै सहकार्य नभएको बताउनु भयो । पुर्वाधार विकास , कार्यक्रम योजानको बारेमा बड्घरको लागि प्रस्ट रुपमा सहभागिताको लागि आग्रह गर्न भयो ।
उषा चौधरीले लक्षित वर्गको कार्यक्रम अन्र्तगत महिलाको लागि  छनौट भएको योजनाको कार्यक्रम आर्थिक वर्षको मसान्तमा  वडाले कसरी संचालन गर्छ भनि जिज्ञासा राख्नु भएको थियो । 
भरत बहादुर साउदले वडामा रहेको ४० फिटे चौडा सडकलाई प्राथमिकता दिएको भए पनि २० फिटे रोडमा ग्रावेल कार्य भैरहेकोले वडाको योजनाको बारेमा जिज्ञासा राख्नु भएको थियो । 
वडाको सेवा प्रवाह , कार्यक्रम र योजना सम्बन्धि स्थाजियको जिज्ञासाको जवाफ वडा अध्यक्ष राम शंकर डगौरा, वडा सचिव जंग बहादुर कार्की, प्राविधिक मीन बहादुर थापाले  दिनु भएको थियो । 
सार्वजनिक सुनसवाई कार्यक्रमको टिप्पणीकर्ता पत्रकार गणेश चौधरी र दुर्गा देवकोटा रहनु भएको थियो । उहाँहरुले जनताको जनगुनासो प्रति सचेत बन्दै वडाको कार्यक्रम रयोजनामा समान सहभागिता, प्रतिवद्धता अनुसार काम गर्नु र भौतिक विकास भन्दा मानविय विकासको लागि कार्य गर्नु पर्ने बताएका छन् । 
टीकापुर नगरपालिका वडा नं. ५ले आर्थिक वर्ष २०७४÷७५ मा ९५ लाख  ८४  हजार ८ सय ४६ बजेट विनियोजन गरेको थियो भने पुर्वाधार विकासमा ५५  लाख ६९ हजार  २ सय १० रुपैया विनियोजन भई ३३ वटा योजना छनौटमा रहि अहिले सम्म ३१ योजना सम्पन्न  भएको छ भने २ वटा योजना निमार्णधिन अवस्थामा रहेको छ । 
आर्थिक विकासमा १४ लाख ३७ हजार ७ सय २६, २७ वटा कार्यक्रम मध्ये  २६ वटा कार्यक्रम संचालन भएको छ  भने   सामाजिक विकासमा १४ लाख ३७ हजार ७ सय २६, २२ वटा कार्यक्रम मध्ये १४ वटा सम्पन्न भैसकेको र ८ वटा बाकी रहेको छ ।  वातावरण तथा विपत व्यवस्थापनमा ८ लाख ६२ हजार ६ सय ३४ मा ६ वटा योजना मध्ये ४ वटा सम्पन्न भैसकेको छ भने   संस्थागत तथा सुशासनमा  २ लाख ४५ हजार ७ सय ४५ रुपैया विनियोजना भएको रकम कार्यालय व्यवस्थापनमा खर्च भएको छ   ।
सामुदायिक रेडियो टीकापुर एफएमले सहजीकरण गरेको कार्यक्रम संचालन पत्रकार पुर्ण विकले गर्नु भएको थियो   ।   
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार