News & Events»
नेपाली कांग्रेस क्षेत्र नम्बर १ कैलालीद्वारा टीकापुर नगरपालिकामा भइरहेका काम कारबाही प्रति अस

 टीकापुर १४ असार, 

नेपाली कांग्रेस क्षेत्र नम्बर १ कैलालीले टीकापुर नगरपालिकामा भइरहेको काम कारबाही प्रति असन्तुष्टी जनाउ“दै बिहबार पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा बाडिएको बिज्ञप्तीमा जनप्रतिनीधि आएपछि कर्मचारी भर्ना गर्दा मनोमानी र पक्षपातपूर्ण व्यबहार राखी भर्ना गरिएको र नगर प्रहरी भर्नाका क्रममा देखावटी रुपमा प्रहरीलाई जिम्मेवारी दिइएको भएपनि खुलेआम धा“धली भएको छ भनिएको छ । 
कर्मचारी भर्ना निस्पक्ष छानबिन गर्न माग गरिएको छ । विज्ञप्तीमा नगर प्रमुखले डल्लो बजेट राख्ने अनी मनपरी उपभोक्ता समिति मार्फत बजेट बाड्दा आपसमा द्वन्द बढ्दै गएको अवस्था रहेकोले यस्तो गतिबिधी यथासिघ्र रोक्न माग गछौ भनिएको छ । 
 बिज्ञप्ती मार्फत विकास निर्माणमा पारदर्शीता हुनुपर्ने, दिर्घकालिन योजनाका बारेमा सरोकारवालासंग छलफल गरेर मात्र कार्यान्वयन गर्नुपर्ने, नेतृत्वको हैसियतले सबै जनप्रतिनीधिलाई मिलाएर लैजानुपर्ने र विचारका आधारमा विकास बा“डफा“ड गर्न नहुने माग राखिएको छ भने भ्रष्टाचार न्यूनिकरण गर्न पहल गर्नुपर्ने माग राखिएको छ । 
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले स्थानीय निकायमा जनप्रतिनीधि आएको करिब एक बर्षको अबधिलाई केलाउने हो भने सन्तोष गर्ने ठाउ“ नभएको बताउनुभयो ।
 पछिल्लो समय टीकापुर नगरपालिकामा मेयरले एकलौटी रुपमा काम गर्दै आएको गुनासो आउन थालेको छ । उप–मेयरको भूमिका प्रष्ट किटानी गरेको भएपनि बजेट बा“डफा“ड, कर्मचारी भर्ना लगायत अन्य विकास निर्माण उप–मेयरसंग सरसल्लाह नगरी मनपरी भइरहेको नेपाली कांग्रेसले महशुस गरेको अधिकारी बताउनुभयो । 
पत्रकार सम्मेलनमा टीकापुर नगरपालिकाका उप–मेयर केशरी बिष्टले आफुले कार्यालयमा हेपिएको महशुस गरेको बताउनुभयो । उहांले कर्मचारी राख्दा होस् या विकास निर्माणमा सहकार्य नभएको बताउनुभयो । उपभोक्ता समितिमा राजनीतिक दलका नेताहरु बस्दा अनुगमन गर्न समस्या रहेको बताउंदै अधिकांस योजना गुणस्तरहिन रहेका बताउनुभयो ।
 
कार्यक्रममा कार्यपालिका सदस्य रमेश बिकले उपभोक्ता समितिबाट काम हुनु भ्रष्टाचारलाई बढावा दिने कार्य हुने बताउनुभयो । नगरपालिकामा आफुहरु अल्पमतमा भएकाले कुरा सुनुवाई नभएको बताउ“दै बिकले आम जनतालाई साथमा लिएर नेपाली कांग्रेस अघि बढ्नुको बिकल्प नभएको बताउनुभयो ।
 
 बिज्ञप्तीमा क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी र नगर सभापति धनराज उपाध्यायले हस्ताक्षर गर्नुभएको थियो । पत्रकार सम्मेलन गर्नु अघि बिहिवार बिहान नेपाली कांग्रेस क्षेत्र नम्बर १ को बैठकले पत्रकार सम्मेलन गर्ने निर्णय गरेको हो । कार्यक्रम संचालन क्षेत्रीय सचिब प्रकाश शाहले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार