News & Events»
जानकी गाउपालिका वडा नं. ५ स्थित बाल विद्यामन्दिरमा अध्ययनरत २६ विद्यार्थीलाई छात्रवृति वितरण

 टीकापुर १४ असार, 

जानकी गाउपालिकिा ववा नं. ५ स्थित बाल विद्यामन्दिरमा विपन्न घर परिवारका विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री खरिदका लागि छात्रवृति बितरण गरीएको छ । विपन्न परिवारका बालबालिकालाई  थोरै भएपनि केही राहत होस् भन्ने उदेश्यले  छात्रवृति वितरण गरीएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले १ हजार ५ सयका दर राष्ट्रिय मा.वि. अमौरा, बालविद्या मन्दिर पथरैया, राष्ट्रिय आधारभूत  विद्यालय अमौरी, रुक्मणी प्रावि सात विगाहा गरी ४ विद्यालयका २६ विद्यार्थीहरुलाई छात्रवृति वितरण गरीएको हो ।
छात्रवृति वितरण गर्दै जानकी गाउपालिका अध्यक्ष प्रदिप चौधरीले पहुच  नपुगेका र आर्थिक रुपले पछाडी परेको बालबालिकालाई सहयोग गर्ने उदेश्यले छात्रवृति वितरण गरिहेको बताउनु भयो । उहाले गणुस्तरीय शिक्षाको लागि गाउपालिकाले  नीति नियम पास गरेको र अवका दिनमा त्यही अनुसार काम गर्ने बताउनु भयो । 
उपाध्यक्ष उमा महतोले शिक्षा भनेको बच्चाको नैसङ्र्गिक अधिकार भएकोले पनि विद्यालयमा वालवालीकाको पहुच पुर्याउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा साविक पथरैया गाविसका पूर्व अध्यक्ष टेकबहादुर बम,  विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद चौधरी, सोमप्रसाद चौधरी लगायतले बोल्नु भएको थियो । 
कार्यक्रम वडाध्यक्ष भिमबहादुर थारुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वृक्षारोपण पनि गरिएको थियो । वडा सदस्य सीता चौधरीले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन वडा सचिव भरत थापाले गर्नु भएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार