News & Events»
योजना छनोटका लागि जानकी गाउपालिका वडा नं. ९ मा वडा भेला सम्पन्न, कृषीलाई प्राथमिकता दिनुपर्ने वड

 गिता चौधरी टीकापुर १६ असार, 

जानकी गाउपालिका वडा नं. ९ मा वडा भेला भएको छ । वडा भेलामा  आर्थिक वर्ष २०७५÷२०७६ कोे योजना तथा कार्यक्रमको बारेमा छलफल भएको छ । छलफल कार्यक्रममा वडाबासीले कृर्षीलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने, व्यावसायिक खेतीको कार्यक्रम ल्याउनु पर्ने, गुणस्तरी शिक्षामा ध्यान दिनु पर्ने, कृर्षी खेतीलाई बैज्ञानिकीरण गर्न पहल गर्नु पर्ने, योजनाको कार्यान्वयन गर्दा विपदलाई मध्यनर गरी कार्यानवयन गर्नु पर्ने वडा नं. ९ को दिगो विकासको लागि प्राविधिक रोखेर काम गर्नु पर्ने, भौतिक विकास सगै आयआर्जनका कार्यक्रममा जोड दिनु पर्ने  लगायतका  सल्लाह सुझाव दिएका छन् ।
वडा भेलामा आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, भौतिक पूर्वाधार विकास गरी  ५ विकास क्षेत्रमा रही आर्थिक वर्ष २०७५ २०७६को योजना तथा कार्यक्रमको छनौट गरिएको छ । 
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुकदैया चौधरीले विनियोजित बजेटको कार्यान्वयन गर्दा एकद्धार प्रणली मार्फत कायान्वयन आवश्यक रहेको बताउनु भयो ।  प्रमुख अतिथि चौधरीले दिगो विकासको लागि दुरदर्शि योजना  बनाएर अगाडी पर्ने बताउनु भयो । उहाले वडा नं ९ मा संचालनका रहेको व्यवस्थापन गरी कर संकलन गर्न आवश्यक रहेका बताउनु भयो । 
कार्यक्रममा वडासचिव प्रेमबहादुर बुढाले बजेट विनियोजनको चरण तथा सीमाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नरबहादुर कुमाल , नेकपाका पदम टमट्टा, नेपाल जातिय  संग्रहालयका सचिव तीर्थराज उपाध्याय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर रावल, सामाजसेवी बुद्धिजीवी डण्ड प्रसाद भाट, सामाजसेवी देवीराम भाट, महिला स्यंमसेविका गंगा थापाकुवर लगायतले आफ्ना सल्लाह सुझाव सहित सुभकामना मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रम समापन गर्दै वडाध्यक्ष खकेन्द्र भण्डारीले आफ्नो प्रतिबद्धता अनुसार  काम गरिरहेको बताउनु भयो । 
कार्यक्रममा वडा सदस्य विजय रावलले स्वागत गर्नु भएको थियो, भने संचालन नेत्रप्रसाद न्यौपानेले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार