News & Events»
टीकापुरका केरा ब्यवसायी रामबहादुर कुँवर राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पुरस्कृत

 टीकापुर २० असार, 

कैलालीको टिकापुरका केरा ब्यवसायी राम बहादुर कुँवरले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाउनुभएको छ । कैलालीको टिकापुरमा केरा खेती गर्दै आउनुभएका कुंवरले कृषि विभागमा आयोजित समारोहमा सो पुरस्कार पाउनुभएको हो । कुंवरसंगै अन्य तीन जना  भरतपुरमा बाख्रा पालन व्यवसाय गर्दै आएका योगेन्द्र बहादुर खड्का (जगतपुर एग्रो प्राइभेट लिमिटेड), खजुरा बाँकेमा च्याउ खेती गर्दै आएका लाल बहादुर सुनार (श्याम सुन्दर च्याउ खेती उद्योग), धनुषाको ननुपट्टीमा माछा उत्पादन गर्दै आएका बौएलाल मुखिया हुनुहुन्छ ।
त्यस्तै, गोरखा पालुङटारमा ३ सयवटा गाई पालेर वार्षिक १ करोड रुपैयाँ कुल आम्दानी गर्दै आएका राजेन्द्रराज पन्तलाई सरकारले यस वर्षको सर्वोत्कृष्ट कृषक घोषणा गरेको छ । कृषि मन्त्री चक्रपाणी खनालले पन्तलाई हरिहरभवनस्थित कृषि विभागमा आयोजित समारोहमा नगद २ लाख रुपैयाँसहित राष्ट्रपति सर्वोत्कृष्ट पुरस्कार दिनुभएको हो । पन्तले २०५२ सालमा स्थापना गरेको कामधेनु गाई पालन केन्द्र स्थापना गरेका थिए । हाल यिनको गाई पालनमा कुल लगानी ५ करोड पुगेको छ । परिवारका ६ सदस्यसहित ३५ जना स्थायी कर्मचारी फार्ममा काम गरिरहेका छन् । कृषि क्षेत्रको सबैभन्दा ठूलो धनराशीको ‘राष्ट्रपति कृषक पुरस्कार’ पाउनेमा पन्त चौथो किसान हुन् । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार