News & Events»
टीकापुर बहुमुखी क्याम्पस सावन एक गतेदेखि औपचारिक रुपमा सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंग

 टीकापुर ०१ साउन, 

टीकापुर बहुमुखी क्याम्पस सावन एक गतेदेखि औपचारिक रुपमा सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस बनेको छ । आज एक कार्यक्रमका विच टीकापुर बहुमुखि क्याम्पसलाई सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस भएको घोषणा गरीएको छ । क्यँम्पसमा कृषी विज्ञान संकायको डिन कार्यालयको पनि उद्घाटन गरीएको छ । 
कार्यालयको उद्घाटन गर्दै सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठले सुदुरपश्चिम विश्वविद्यालय त्रिभूवन विश्व विद्यालय पछिको दोस्रो ठुलो विश्वविद्यालय भएको बताउनुभएको छ । उहांले टीकापुर बहुमुखी क्याम्पस सुदुरपश्चिम विश्व विद्यालयमा आए पनि शैक्ष्ँिक गुणस्तरमा कुनै कमी नआउने बताउनुभयो । त्यसका लागि सबै सरोकारवालाहरुलाई शैक्ष्ँिक गुणस्तरमा ध्यान दिन आग्रह गर्दै सुदुरपश्चिम विश्व विद्यालय स्थापना गर्दा धेरै चुनौतिको सामना गर्नुपरेको बताउनु भयो । 
सुदुरपश्चिमाञ्चल विश्व विद्यालयका रजिस्टार द्धवजराज भट्टले टीकापुर बहुमुखी क्याम्पस सुदुरपश्चिमाञ्चल विद्यालयमा आएकोप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा यस क्षेत्रमा फरेस्ट्री लगायतका कार्यक्रम आउने जानकारी दिनुभयो ।
सुदुरपश्चिमाञ्चल विश्व विद्यालयका कृषी विज्ञान संकायका डिन प्राध्यापक श्याम शंकर झाले आफुले कृर्षिमा अब्बल प्राविधीक उत्पादन र व्यावहारिक शिक्षामा बढी जोड दिने बताउनुभयो । उहाले यो कार्यक्रम सफल बनाउनका लागि यहांको नागरिकहरुले साथ दिनुपर्ने बताउनुभयो । 
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले क्याम्पस चलाउन सजिलो नभएको बताउदै क्याम्पस व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाले त्रिभूवन विश्व विद्यालय वा अन्य विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरु पनि कमजोर व्यवस्थापनका कारण धरासाही भएको बताउदै त्यसमा सबैले सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख केशरबहादुर कुवरले टीकापुर बहुमुखी क्याम्पसलाई यहासम्म पुर्याउन सहयोग गर्नेलाई धन्यवाद दिदै आगामी दिनको लागि पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो । 
कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्रि चन्द्रसिंह भट्टराई, प्राध्यापक संघका सभापति देवराज जोशी, निवर्तमान अध्यक्ष नवलबहादुर खड्का लगाएतले बोल्नु भएको थियो । 
सहायक क्याम्पस प्रमुख लालसिंह कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सहायक क्याम्पस प्रमुख सिताराम रिमालले गर्नु भएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार