News & Events»
जानकी गाउँपालिका वडा नं. ८ को आर्थिक वर्ष २०७४÷०७५ को समिक्षा तथा सार्वजनिक सुनुवाइ, सबैसँग समन्

 टीकापुर ०१ साउन, 

जानकी गाउँपालिका वडा नं. ८ को आर्थिक वर्ष २०७४÷०७५ को समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरु वडाबाट प्रवाह हुने सेवा, कार्यक्रम तथा योजनामा सबै सँगको समन्वयमा पार्दशि हुनु पर्ने बताएका छन् । उनीहरुले वडाबाट हुने कार्यक्रम र योजनाहरु प्राविधिक स्टेमेटले  सम्पन्न गर्न सकिने खालको हुनु पर्ने बताएका छन् । वडामा बजेट अभाव भन्दै योजनाहरु अधुरा रहने भएकोले प्राविधिक स्टेमेट अनुसार बजेट विनियोजन गरि योजना छनौट गरि कार्यान्वयन गर्न आग्रह गरेका छन् ।  सार्वजनिक सुनुवाई कार्यक्रमा रन बहादुर थापाले वडा नं. ८ हजारीको  झरनामा कल्भर्ट निर्माणमा उपभोक्ता समिति बनेर काम भएपनि ठेकेदार प्रणालीमा गएकाले र कामको गुणस्तरितामा आशंका उब्जिएको बताउनुभयो । उहाँले वडाको योजनाहरु अहिले अधुरा तथा निर्माणधिन किन रहने गयो भनी जिज्ञासा राख्नु भएको थियो ।
जनक बहादुर थापाले सार्वजनिक कार्यक्रममा सबै योजनाको वास्तविक र पार्दशि रुपमा विवरण प्रष्टयाउनुपर्ने र सम्बन्धि विषयमा  विनियोजित रकम सोहि कार्यमा खर्च हुनु पर्ने बताउनु भयो । उहाँले अहिलेपनि वडाको कार्यक्रमको बारेमा सहज जानकारी लिन नसकिने भएकोल सुचना प्रवाह प्रभावकारी बनाउदै राजनैतिक दलहरुसँगको सहकार्य र सम्बन्ध कायम राख्नु पर्ने बताउनु भयो ।
खड्क चौधरीले जनप्रतिनिधि वडा सदस्याहरुलाई पनि जिम्मेवारी दिनुपर्ने बताउनु भयो । वडाको बजेटको सहि कार्यान्वय गर्न आग्रह गर्दै  बड्घर लगाएत  सबै सँगको सल्लाहा सुझाव अगाँल्दै जनपतिनिधिहरु अगाडी बढ्नु पर्ने बताउनु भयो । 
भागीराम चौधरीले वडाको सेवा सुविधाको कार्यक्रममा स्थानियको समानरुपमा सहभागिता हुनु पर्ने बताउनु भयो । नातावाद कृपावाद अन्त्य गर्दै सम्बन्धित सबैलाई सेवा र अवसर दिन वडाले ध्यान दिनु पर्ने बताउनु भयो  । 
वडा नं. ८ मा संचालन भएको कृषि कार्यक्रमको बारे स्थानियले अनविज्ञता भएको भन्दै उनीहरुले वडामा संचालन भएको बोट विरुवा वितरण र चैते धानको बारेमा आइपीएम कृषक पाठशालाका बारेमा जानकारी नभएको  केशव शाहीले बताउनु भयो ।
वडा अध्यक्ष डम्मर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामबलि चौधरी, नेकपाका तिर्थ राज उपाध्यया, नेपाली काँग्रेसका जनक थापाले वडाको कार्यक्रम र योजना सम्बन्धि सुझाव प्रतिक्रिया दिनु भएको थियो । 
कार्यक्रममा  वडाको  कार्यक्रम र योजना सम्बन्धि प्रतिवेदन वडा अध्यक्ष डम्मर चौधरी, वडा सचिव लक्ष्मण चौधरी, कृषि शाखाका प्राविधिकि चक्र प्रसाद भाटले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 
टीप्पणीकर्ता होमबहादुर चौधरीले वडाले गुरु योजना बनाई स्मार्ट वडा बनाउनुपर्ने बताउनु भयो । वडाको हरेक योजना छनौट गर्दा प्राथमिकिकरण गर्दै जान पर्ने र छनौट योजना समयममा जानकारी दिन कार्यान्वयन र पार्दशिता बनाउनु पर्ने बताउनु भयो । 
जानकी गाँउपालिका वडा नं. ८ को आर्थिक वर्ष २०७४÷७५ मा ७० लाख बजेट रहेको थियो भने ३७ वटा भौतिक पुर्वाधार विकासका योजना रहेको थियो । वडाको अहिले पनि ८ वटा योजना निमार्णधिन अवस्थामा रहेको छ भने अन्य योजनाको सम्पुर्ण प्रक्रिया फर्छौट भैसकेको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार