News & Events»
लम्की चुहा नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

 टीकापुर ०२ साउन, 

लम्की चुहा नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको  छ । सार्वजनिक सुुनुवाई कार्यक्रममा  नगरबासीहरुले नगरमा भैरहेको विभिन्न योजना निर्माणमा समस्या, भौतिक पुर्वाधार विकासमा बजेट अभाव , आर्थिक पार्दशिता हुनु पर्ने बताएका छन् ।   
सार्वजनिक सुनुवाई कार्यक्रममा लिलाधर जोशीले सडक विस्तारको क्रममा ३० फिटे सडक विस्तार भई १६ फिटे ह्यामपाइप हाल्दा सडकमा खाल्डाखुल्डी सँगै समस्या आएको बताउुभयो । उहाँले वडा नं. ७ प्रतापपुरको खानोपानीको योजना सम्पन्न हुने समयसिमाको बारेमा जिज्ञासा राख्नु भएको थियो । 
उमेश तिमिल्सनाले लम्कीचुहा नगरपालिकाले सफा स्वच्छ नगर बनाउने अभियानको क्रममा  बाटो भित्र पर्ने घरको पाली, सिढी, हटाउने कार्य गरे पनि अतिक्रमित जग्गा खाली हुन नसकेको बारेमा जिज्ञासा राख्नु भएको थियो । 
ललित जैसीले नगरमा आर्थिक अनियमिता भएको भनेर सार्वजनिक रुपमा  अभिव्यक्ति दिने उपमेयर अहिले किन मौन बसेको  बताउनु भयो । उहाँले  सबैको सरोकारवाला सँगको   समन्वयमा सार्वजनिक सुनुवाई हुनु पर्ने बताउदै  नगरमा अहिले लागु पदार्थ दुव्र्यशनी नियन्त्रण तथा युवा लक्षित कार्यक्रम  नगरबाट गर्न आग्रह गर्नु भयो । 
राम बहादुर बोगटीले नगरको राम्रो कार्यको प्रशंसा गर्नु पर्ने बताउनु भयो । उहाँले  लम्की चुहा नगरपालिकालाई खेलकुद विकासको उत्कृष्ट खेलाडी उत्पादन गर्ने नगरको रुपमा विकास गर्नु पर्ने बताउनु भयो ।
तारा आचार्यले धेरै युवा बिरोजगार रहेकोले स्वरोजगारको कार्यक्रम नगरले ल्याउनु पर्ने माग गर्नु भयो । उहाँले अहिले पनि स्थानिय तहमा असारे विकासको परिपाटी रहेकोले नागरिक सचेतना बढाउदै हतारको असारे विकास हुने कार्यको  अन्त्य हुनु पर्ने बताउनु भयो  । 
स्थानिय तहले उपभोक्ता समिति मार्फत हुने कार्यमा २० प्रतिशत जनश्रमदान लगाउने निती भए पनि श्रमदान कागजी रुपमा  समिति बन्दै जादा योजना अधुरा तथा बजेटको कमी हुने बताउनु भयो । उहाँले  नगरमा स्वास्थ्य बिमाको अवधारणा अगाडी बढेको भए पनि नगरमा प्रसुति कक्ष नहुदा घरमै सुत्केरी हुने अवस्था आएकोले प्रत्येक वडामा एक÷एक वटा प्रसुती कक्षको व्यवस्थाको लागि पहल हुनुपर्ने बताउनु भयो ।
देवानन्द जैसीले  सरकारले निशुल्क शिक्षा निती लिएको अवस्थामा सरकारी विद्यालयमा भर्ना शुल्क दिइरहेको  तथा सरकारी सेवामा पदधारण गरेका व्यक्तिका छोराछोरी सरकारी विद्यालयमा पढाउने अभियान नगरमा  कुन रुपमा कार्यान्वन भैरहेको अवस्थाको बारेमा जिज्ञासा राख्नुभयो । 
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीहरु नगरका छाडा पशु समस्या समाधान, बजारमा व्यवसायीहरु मुल्य सुचि राख्नु पर्ने, कालोबजारी नियन्त्रण गर्नु पर्ने, नगर तथा वडामा समयमा योजनाहरु छनौट नहुदा बजेटमा समस्या आउने भएकाले समयमा योजना छनौट गरि कार्यान्वन गर्नु पर्ने, वातावरण तथा पर्यटनको लागि योजना सहित पहल हुनु पर्ने, सडक विस्तार सँगै ढल निकासको व्यवस्था हुनु पर्ने लगाएत जिज्ञासा र सुझाव दिएका थिए र  
लम्की चुहा  नगरपालिकामा आर्थिक वर्ष २०७४÷०७५मा भौतिक पुर्वाधार, आर्थिक विकास, सामाजिक विकास , वातावरण तथा विपत व्यवस्थापन विकास र संरचना तथा सुशासनमा  गरि  ६१ करोड, ७८ लाख ७८ हजार बजेट विनियोजना गरेको थियो  । नगरमा भौतिक पुर्वाधार तर्फ  वडा नं. १ देखि १० सम्म २ सय ६५ वटा ३० फिटे बाटोमा ग्रावेल, १२ किलो मिटर नदीमा नदी नियन्त्रणको लागि   तटबन्ध, ९७ वटा बोरिङ्ग, ९ सय २ वटा पोल व्यवस्थापन, ४ सय ५ वटा फोहर व्पस्थापनको लागि डष्टबिन,  ८ सय ५० ह्यामपाइप, ४९ वटा कल्भर्ट निमार्ण सहित १ सय ४० भौतिक पुर्वाधार विकासको कार्य  गरेको छ । 
कार्यक्रममा नगरबासीको तर्फबाट आएका प्रश्न, जिज्ञासाप्रतिक्रियाको जवाफ नगर प्रमुख महादेव बजगाइ, उपप्रमुख टीका थापा, कार्यकारी अधिकृत हिमालय बम, वडा अध्यक्षहरु लगाएतले दिनु भएको थियो । नगर प्रमुख बजगाइले  विकास र समृद्धिको लागि  सबैसँग सहकार्य, समन्वय गर्ने बताउनु भयो । उहाँले पार्दशि रुपमा कार्य योजनाहरु सम्पन्न गर्ने र सबैले सहज रुपमा नगरका कार्य संचालनको बारेमा जानकारी सुचना  प्रवाह गर्ने बताउनु भयो । 
 
 नगरको शाखागत रुपमा प्रशासनिक  तथा योजना शाखाका  जनक बटाला, आर्थिकशाखाका रामसिह भुल, सामाजिक शाखाका टीकाराम जोशी, स्वास्थ्य शाखाका जयन्ती विसी, कृषि शाखाका नम्रता अधिकारी, पशु शाखाका आन्नद भट्टले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  । कार्यक्रमम टीप्पणीकर्ता मिन बहादुर शाही, बद्री प्रसाद लम्साल, सरोज कुमार शाह  रहनु भएको थियो ।  लम्की चुहा नगरपालिकाले  अन्य तह भन्दा प्रतिस्पर्धात्मक रुपमा विकास गर्ने सुशासनको कार्य गर्दै मानविय विकास अभिवृद्धिको कार्यक्रम   गर्नु पर्ने , योजनामा गुणस्तरिता कायम गर्नु पर्ने बताउनु भयो ।
सार्वजनिक सुनुवाई  कार्यक्रम संचालन इश्वर साँउदले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार