News & Events»
पूर्ब कमैयाले १८ औं कमैया मुक्ति दिवस मनाए, मुक्त कमैयाका समस्यामा सबै एक हुनुपर्ने धारणा

 टीकापुर ०२ साउन, 

१८ औं कमैया मुक्ति दिवस पूर्ब कमैयाले बुधवार आफ्नो १८ औं मुक्ति दिवस मनाएका छन् । देशका बिभिन्न जिल्लामा पूर्ब कमैयाले बिशेष कार्यक्रम गरी मुक्ति दिवस मनाएका हनु् । यसै क्रममा मुक्त कमैयाले टीकापुरमा पनि कार्यक्रम गरेका छन् । कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल र राजनीतिक दलका नेताहरुले १८ वटा दिप प्रज्वलित गर्नुभएको थियो । 
कार्यक्रममा बोल्ने बक्ताहरुले मुक्त कमैयाका समस्यामा सबै एक हुनुपर्ने बताएका थिए । उनीहरुले भोट बैङ्कको रुपमा प्रयोग गर्नु गलत हो भन्दै वास्तविक मुक्त कमैया, भूमिहिन र सुकुमबासीको समस्यामा सबै सहमत भएको बताए । क्याम्पसको जग्गामा बसेका जनतालाई कसरी बत्ति बाल्न दिएर अस्थायी समस्या हल गर्न सकिन्छ भन्ने बारेमा क्याम्पस, जनता र स्थानीय निकाय बसेर समस्या हल गर्न राजनीतिक दलका नेताहरुले सझुाव दिए । 
कार्यक्रममा मुक्त कमैयाका नेताहरुले मुक्त कमैयाका समस्याका बारेमा जनप्रतिनीधि गभिंर नभएको आरोप लगाए । उनीहरुले केबल आश्वासन मात्र दिने गरेको भन्दै चाडो समस्या हल गर्न माग गरे । बडघर रामफल थारुको सभापतित्वमा भएको कार्यक्रममा मेयर रावल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, नेकपाका नेता श्याम खत्री र खडक शाह, जनमोर्चाका जिल्ला उपाध्यक्ष दयाराम सज्यांल, नया“ शक्तिका नेता हरि तिमिलसेना, वडाध्यक्ष गगांराम आचार्य, मुक्त कमैयाका नेता बाबुराम चौधरी लगायतले मुक्त कमैयाका समस्यामा सबै गभिंर हुनुपर्नेमा जोड दिनुभएको थियो । यसैगरी कार्यक्रममा दिपु चौधरी, बल्लु चौधरी, पुरन राजबंसी र भूमिहिन नेता रणबहादुर बिक लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत श्यामप्रशाद चौधरीले गर्नुभएको थियो भने संचालन बसन्त केसीले गर्नुभएको थियो । सोही समयमा सास्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार