News & Events»
प्रदेश सातको प्रदेश सभा बैठक स्थगित

 धनगढी ०७ साउन, 

प्रदेश सातको प्रदेश सभाको सोमबार बस्ने भनिएको ३१ औं बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जारी गरेको सूचना अनुसार सभामुख अर्जुनबहादर थापाको निर्देशनले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
बैठक स्थगित गर्नुको कारण उल्लेख भने गरिएको छैन । तर, नेपाली काँग्रेसले डाक्टर गोविन्द केसीको अनसनलाई लिएर संसद अवरोध गर्ने सम्भावना रहेकोले बैठक स्थगित गरिएको स्रोतको भनाई छ । गत शुक्रबार पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरूले डाक्टर केसीको विषयलाई लिएर संसदको ३० औं बैठक अवरुद्ध गरेका थिए ।
सोमबार बस्ने भनिएको बैठकको शुन्य समयमा समसामयिक विषयमा सांसदहरूले धारण राख्ने र गाउँ सभा र नगर सभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भए पश्चात तयार पारिएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार