News & Events»
थारु गाउँमा खेतीपातीमा सुधारको लागि हरेरी पुजा शुरु, यो पूजापछि खेतीमा रोग नलाग्ने जनविश्वास

 टीकापुर ०७ साउन, 

थारु गाउँमा हरेरी पूजा शुरु भएको छ । वर्षा यामको खेतीपाती सकाएर बालीको सुरक्षाका लागि थारु समुदायमा हरेरी पुजा गर्नै पर्ने प्रचलन रहेको छ ।
हरेरी  पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पुजा गर्ने गर्छन् । गाउका सबैले धान रोपि सकेपछि साउन÷भदौ महिनामा हरेरी पुजा थारु गाउँमा सामुहिक रुपमा हुने गर्छ । विशेषगरी थारु गाउँमा यो पूजा गरेपछि कुनै किसिमको खेतीमा रोग नलाग्ने जनविश्वास रहेको थारु गुरुवा फुलराम चौधरीले बताउनुभयो  । उहाँले धान खेती सम्पन्न भएपछि विभिन्न किसिमका रोग किरा नलागोस्, बाली सप्रोस, उत्पादन धेरै होस भनेर गाउका सबै जना मिलेर सामुहिक रुपमा यो पुजा गरेर गाउघरको खेतबारीको सुरक्षा हुने बताउनुभयो । 
वर्षा सकिसकेपछि खेती हरियो होस् र कुनै किसिमका किरा फट्याङ्ग्रा, रोगहरू नलागोस् भनेर यो पूजा गरिने पुस्तौदेखि गर्दै आएको टीकापुर बनगाउँका बड्घर बिर बहादुर चौधरीले बताउनुभयो । पुजाको भोलि पल्ट पूजारीले दिएको जावनलाई धान खेती र खेतबारीको गरामा हाल्ने प्रचलन रहेको र यसले बाली जोगाउछ भन्ने विश्वास थारु समुदायमा रहेको छ  । 
कुनै कुनै गाउमा थारु किसान रातभरी जाग्राम बसेर गीत गाउने तथा नाचगान  पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउमा मादल बजाउन पाइदैन । यो पूजापछि मात्र थारु गाउमा नाचगान र मादल बजाउन पाइने प्रचलन रहेको छ । हरेरी पुजाको दिन थारु समुदायमा हरियो घासपात काटे अशुभ मानिने भएकोले यो दिन केहि कार्य पनि गरिदैन । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार