News & Events»
टीकापुर नगरपालिकाको नगरसभाका निर्णय सार्वजनिक, पूर्ण संस्थागत सुत्ेकरी घोषणा र विरामीलाई निशु

 टीकापुर ०८ साउन, 

टीकापुर नगरपालिको नगरसभाबाट पारित आर्थिक वर्ष २०७५÷०७६ को निति, कार्यक्रम र वजेट सार्वजनिक गरिएको छ । कार्यक्रममा ८२ करोड ३० लाख ५२ हजार ९ सय ९ रुपैया बराबरको बजेटमा रहेको नीति, कार्यक्रम सार्वजनिक गरिएको छ ।  
 टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले नगरपालिकाले यसवर्ष सुत्केरी महिलालाई टीकापुरका बिभिन्न ठाउँबाट टीकापुर अस्पतालसम्म ल्याउन लाग्ने खर्च निशुल्क गर्नका लागि निर्णय गरेको बताउनुभयो । उहांले नगरपालिकाले आगामी वर्ष टीकापुर रेडक्रससँगको सहकार्यमा अस्पतालका सिकिस्त बिरामीलाई रगत निशुल्क उपलब्ध गराउन बजेट बिनियोजन समेत गरेको बताउनुभयो । 
नगरपालिकाले नगरका गौरवका योजनामा गरिब सुकुम्वासी मुक्त कमैयाहरुलाई लक्षित गरि जनता आवास कार्यक्रम यो वर्षदेखि लागु गर्न ८० लाख बजेट बिनियोजन गरेको छ । यस्तै नगरका गौरबका योजना अन्र्तगत टीकापुर पार्कको गेट निर्माण, दौलतपुर घाटमा दाह संस्कारका लागि व्यवस्थित आधुनिक मोक्षघाट निर्माण, टीकापुर नगरपालिकाको बाहिरी चक्रपथ निर्माणका लागि डिपिआर निर्माण र ट्रयाक खोल्ने काम यसै वर्षदेखि सुरु गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
नगरका जनप्रतिनिधिहरुले जनताका पिर मर्कांहरु बुझन, जनता सँगको सम्बन्धलाई प्रगाढ बनाई राख्न जनतासँग मेयर कार्यक्रम समेत सञ्चालन गरिने नगरसभाले पारित गरेको छ ।
कार्यक्रममा लेखा अधिकृत नरेन्द्र सन्यालले आर्थिक बर्ष २०७४÷०७५ मा टीकापुर नगरपालिकाले ९० प्रतिशत बजेट खर्च गरेको बताउंदै ६१ करोड २१ लाख ३२ हजार रकम खर्च भएको बताउनुभयो । यसबर्ष नगरपालिकाले कार्यालय संचालन तथा प्रशासनिक खर्चका लागि १० करोड ५० लाख रुपैया विनियोजन गरेको छ । नगरपालिकाले समपुरक कोष तर्फ नगर गौरवका ४४ वटा योजना, २१ वटा सडक कालोपत्रे, क्रमागत २४ वटा योजना तथा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 
कार्यक्रममा इन्जिनियर नवराज जोशीले विभिन्न विषयगत क्षेत्रलाई हेरेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
नगर उपप्रमुख केशरी विष्टले स्वागत गर्नुभएको कार्यक्रममा प्रशासकीय अधिकृत रन्जु आचार्यले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार