News & Events»
कैलालीको भजनी नगरपालिका वडा नं. ९ भुरुवा राजीबस्तीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या

 टीकापुर ०८ साउन, 

कैलालीको भजनी नगरपालिका वडा नं. ९ भुरुवा राजीबस्तीमा प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । राजीबस्तीका ३६ वर्षिया निर्मला राजीले प्रेमी १८ वर्षिया दिलिप राजीसँग मिलेर ३५ वर्षिया नन्दु राजीको हत्या भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
केहि दिनदेखि नन्दु राजी घरमा देखा नपरेको र दिलिप राजी निर्मलाको घरमा राती राती आउने गरेको देखेर स्थानीयले खबर गरेपछि प्र्रहरीको नियन्त्रणपछि हत्या भएको ४ दिनपछि घटना बाहिर आएको हो ।  
४ दिन पहिला प्रेमीसँग मिलेर हत्या गरि घर भन्दा टाढा प्रतिक्षा सामुदायिक वनमा लगेर गाडेको बयानको आधारमा प्रहरीले मंगलबार शव फेला पारेको छ । निर्मलाको २ बच्चा रहेका छन् । ७ महिनादेखि उनीहरु प्रेममा रहेको स्वीकार गरि हत्या गरेको प्रहरी सामु बयान दिएको प्रहरीले बताएको छ । नियन्त्रणमा लिएर थप अनुसान्धान जारी राखेको प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्द्रले बताउनुभयो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार