News & Events»
नेपाली कांग्रेसको टीकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रम, दर्जनौ केन्द्रीय नेताहरु टीकापुरमा

 टीकापुर ०८ साउन, 

नेपाली कांग्रेसको टीकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । नेपाली कांग्रेस क्षेत्र नं. ०१ कैलालीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला प्रमुख अतिथि रहनुभएको थियो ।
 क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेस बर्दियाका सभापति संजय गौतम, पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य, प्रदेश नं. ७ का संसदीय दलका नेता तथा सांसद डाक्टर रणबहादुर रावल, पूर्व सचेतक डाक्टर शोभाकर पराजुली, पूर्व राज्यमन्त्री जनकराज चौधरी, पूर्व आमन्त्रीत केन्द्रीय सदस्य केशव सिंह, प्रदेश सांसद उमादेवी वादी, पूर्व योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द पोखरेल, पूर्व योजना आयोग उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले, पूर्व सांसद बुद्धिसागर चौधरी लगायतका नेताहरुको उपस्थिति थियो । 
कार्यक्रममा कांग्रेस कार्यकर्ताहरुले नेतृत्वलाई कांग्रेसको अबको एजेण्डा, कार्यक्रम बारे निर्देशन दिनुका साथै प्रशिक्षण आवश्यक रहेको बताएका छन् । बक्ताहरुले कांग्रेसले संगढन सुदृढिकरणसंगै सुद्धिकरण गर्न आवश्यक रहेको सुझाव दिएका छन् । साथै उनीहरुले केन्द्रीय नेताका भनाई र एजेण्डामा एकरुपता आउन आवश्यक रहेको सुझाएका छन् । कार्यक्रम क्षेत्रीय सचिव प्रकाश शाहले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार