News & Events»
कृषि र प्राविधिकशिक्षाकाविषयहरु पढाइ हुनथालेपछि टीकापुर शैक्षिकनगरीको पहिचानबनाउदै

 टीकापुर ०५ असोज, 

कृषि र प्राविधिकशिक्षाकाविषयहरु पढाइ हुनथालेपछि टीकापुर शैक्षिकनगरीको पहिचानबनाउनथालेको छ । टीकापुरवासीको वर्षौको मागअनुसार प्राविधिकशिक्षालयआएपछि स्थानीयखुशीभएका छन् । टीकापुर कृषिशिक्षाको केन्द्र नै बन्नथालेको छ ।
बीरेन्द्र विद्यामन्दिर आवासीयमावि स्थापनादेखि कृषिको डीन कार्यालयसम्म खुल्नुले टीकापुरले शैक्षिक नगरीको पहिचानबनाएको र कृषि संभावना भएको टीकापुरमा सरकारले लगानी गर्नु स्वागतयोग्य कुरा भएको बीरेन्द्र विद्यामन्दिर बुहुमुखी क्याम्पसका अध्यक्ष नवराज रावल बताउनुहुन्छ ।
टीकापुरमा कृषिशिक्षाका साथै कृषिअनुसन्धान, प्रसार पनिहुने र यसले नेपालमा आयातगर्नुपर्ने चामल, तेल गहु जस्ता बालिको उत्पादन दोब्बर हुने प्राकृतिक स्रोत व्यवस्थापनकलेज टीकापुरका प्रिन्सिपल डाक्टर ओमप्रकाश सिंहको भनाइ छ ।
टीकापुरमा रामपुरको आंगिक क्याम्पस प्राकृतिक श्रोत व्यवस्थापन कलेजमा ५० जना र सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा एक सय जना विद्यार्थी कृषि विज्ञानको स्नातकतहमा भर्ना भएका छन । कृषि विज्ञानमा स्नातक पढाउन थालेका  टीकापुर बहुमखी क्याम्पसको तीन सय ८० विगाह र रामपुरको आगिक क्याम्पससंग दश विगाह जमिन छ ।
सिटिइभीटीको सम्वन्धनमा टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटले ४० जनाका दरले ४ समूहलाई तीनवर्षे आइएससी पढाइरहेको छ । ४० जनालाई तीनवर्षे भेटेरिनरी पढाइरहेको छ । ३९ जना सरकारी कर्मचारीलाई १० महिने जेटी कोर्ष र ४८ जनालाई तीनवर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग पढाइरहेको छ ।टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूट प्रमुख टेकेन्द्र थापा एउटा प्राविधिक शिक्षालय आउनु भनेको समाजको शैक्षिक, आर्थिक, सामाजिक रुपान्तरणमा ठूलो योगदानहुने बताउनुहुन्छ ।
मावितहमै सिभिलओभरसियर पढाइरहेको कर्णालीमावि टीकापुरले यसै वर्षदेखि १८ महिने बाली विज्ञान जेटीए पनि पढाउन शुरु गरेको छ । जनशक्ति उत्पादनले कृषिमा पढेकायुवाहरु संलग्नहुने र यहा“को प्राविधिक अन्य प्रदेशलाई पनिआपूर्ति हुने टीकापुर नगरपालिकाका कृषि प्रसार अधिकृत गौरीशंकर गुप्ता बताउनुहुनछ ।
सुदूरपश्चिम विश्वविद्यालयका कृषिका डीन प्राध्यापक श्यामशंकर झाले कृषि विज्ञानमा पढाइ शुरु हु“दा तत्काल किसानले क्लिनिक सेवा पाउने बताउनुभयो ।
टीकापुरमा यस अघि सामुदायिक स्वास्थ्य इन्ष्टिच्यूट टीकापुरमा १८ महिेने सीएमए, भेटेरिनरी , टीकापुर नर्सिङ्ग कलेजमा स्टाफ नर्सको पढाइ हुदै आएको छ ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार