News & Events»
मानव धर्मका प्रणयता सद्गुरुदेव सत्पाल ज्यू महाराजको जन्मउत्सव मनाइयो, मानव धर्म सेवा समितिद्व

 टीकापुर ०५ असोज, 

मानव धर्मका प्रणयता सद्गुरुदेव सत्पाल ज्यू महाराजको जन्मउत्सव मनाइएको छ । जन्म उत्सवको अवसरमा भजन कृतन समेत गरिएको थियो । नेपाल मानव धर्म सेवा आश्रम टीकापुरका सुवर्णा वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य, नाटक प्रस्तुत हुनुका साथै भजन किर्तन समेत गरिएको हो ।
कार्यक्रममा सामुदायिक रेडियो टीकापुर एफएमलाई मानव धर्म सेवा आश्रम टीकापुरले पांच हजार पांच रुपैया सहयोग गरेको छ । सेवा आश्रमले मानव धर्मको विकासमा योगदान दिएको भन्दै आफ्ना सदस्यबाट उठेका दान रकम रेडियोका अध्यक्ष श्याम खत्रीलाई हस्तान्तरण गरेको हो ।
सेति अञ्चल प्रमुख सुवर्ण बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ७ का सांसद उमादेवी वादी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै सांसद वादीले मानव धर्मको विकासका लागि सहयोगी भूमिकामा रहने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले मानव धर्मको हलमा प्रवेश गर्दा अनुशासन, भाइचारा र जीवन पद्दतिको कुरा सिक्न पाइने बताउंदै नगरपालिकाले सकेजति सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बालिका सृष्टी बोगटी, अनुमति वाइजी, धर्मिता बाइजीले प्रवचन दिनुभएको थियो । 
केन्द्रीय सदस्य काशिराम ढुंगानाले संचालन गर्नुभएको कार्यक्रममा सेवा समितिका अध्यक्ष भेषराज तिमिल्सिनाले स्वागत गर्नुभएको थियो । २०५४ सालमा टीकापुरमा स्थापना भएको मानव धर्म सेवा आश्रमका हाल एक हजारभन्दा बढी सदस्य छन् । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार