News & Events»
जानकी गाउपालिकामा विश्व शान्ति दिवसको अवसरमा शान्तिका लागि अधिकार विषयक निबन्ध लेखन प्रतियोगि

 टीकापुर ०५ असोज, 

जानकी गाउपालिकामा वडा नं. १ दुर्गौलीको सरस्वति माध्यामिक विद्यालयमा विश्व शान्ति दिवसको अवसरमा शान्तिका लागि अधिकार विषय निबन्ध लेखन प्रतियोगिता सम्पनन भएको छ । समुदायमा शान्ति निर्माण द्धन्द रुपान्तरण मेलमिलाप तथा सहकार्यको लागि वातावरण सृजना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको ।  
निबन्ध लेखन प्रतियोगिता कार्यक्रममा राष्ट्रि माध्यामिक विद्यालय पाताभारका कृष्ण प्रसाद देवकोटा प्रथम, हिमालय राष्ट्रिय माध्यामिक विद्यालय लम्की फाटाका रेणुका रिमाल द्धितीय, जनता माध्यामिक विद्यालयका देवेन्द्र बोहरा तृतीय र सरस्वति माध्यामिक विद्यायलय दुर्गौलीका समीर चौधरी सान्त्वना भएका छन् ।  
कार्यक्रममा प्रथम, द्धितीय, तृतीय हुने विद्यार्थी लगायत सहभागी सबै विद्यार्थीलाई झोला प्रदान गरिएको छ । निबन्ध लेखन प्रतियोगिता कार्यक्रमको निर्णयक मण्डलमा राष्ट्रिय मावि पाताभारका प्रानाध्यापक प्यारेन्द्र न्यौपाने, सरस्वति मावि दुर्गौलीका शिक्षक जानकी चन्द, जानकी गाउपालिका अध्यक्ष प्रदिपकुमार चौधरी, उपाध्यक्ष उमा महतो रहनु भएको थियो । 
निबन्ध लेखन प्रतियोगिता कार्यक्रममा सरस्वति मावि दुर्गौली, बालज्योति मावि जगतपुर, राष्ट्रिय मावि पाताभार, हिमालय राष्ट्रिय मावि लम्की फाटा, जनता मावि मुनुवा, आर्दश मावि दुर्गौली, मोति मावि मोतीपुर गरी ८ विद्यालयको सहभागिता रहेको थियो । 
 बालकल्याण संघ टीकापुरको दिगो विकास लागि सामुदायिक शान्ति परियोजना कार्यक्रम अन्र्तगत कार्यक्रम अधिकृत खुशीराम चौधरीले कार्यक्रमको बारेमा जानकरी गराउनु भएको थियो । 
कार्यक्रममा जानकी गाउपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले निबन्ध लेखन जस्तो कार्यक्रमले विद्यार्थीको अन्तरहित प्रतिभालाई बाहिर प्रस्फुटन गर्न सहयोग गर्ने भएकोले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । उहाले आगामी दिनमा पनि जानकी गाउपालिकाबाट पनि यस्ता खालका खाले कार्यक्रमको आयोजना गर्ने बताउनु भयो ।
कार्यक्रममा शिक्षक प्यारेलाल न्यौपाने लगायतले बोल्नु भएको थियो । जानकी गाउपालिकाका उपाध्यक्ष उमा महतोको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम सहजकर्ता कलावति चौधरीले संचालन गर्नुभएको थियो । कार्यक्रम बालकल्याण संघ टीकापुरको सहयोग र जानकी गाउपालिकाको आयोजनामा भएको हो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार