News & Events»
टीकापुर उद्योग बाणिज्य संघको १९ साधारण सभा सम्पन्न, सफल व्यवसाय धनी गिरी र ९ जना विद्यार्थीलाई स

 टीकापुर ०८ असोज, 

टीकापुर उद्योग वाणिज्य संघको १९ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर राववले उद्योग वाणिज्य संघको सभाबाट पारित कार्यको बारेमा प्रष्ट रुपमा जनतालाई भन्नु पर्ने बताउनु भयो । उद्योग वाणिज्य संघले योजना सहित प्रस्ताव लिएर आउन आग्रह गर्दै त्यसको लागि नगरपालिकाबाट वजेट विनियोजन गर्ने आश्वासन दिनु भयो । उहाँले सिप तालिम नलिएको घर नभएको अवस्थामा अवका दिनमा औद्योगिक परिकल्पना गरिनु पर्ने बताउनुु भयो । 
विगतमा टीकापुरमा  कागज उद्योगमा  सम्भावना देखेर कागज उद्योग खोल्ने योजना अनुसार कार्य भएको बताउदै कागज उद्योग दर्तामा मात्र समिति गरि  बन्द गरेर लाजमदो कार्य भएको बताउनु भयो  ।  उद्योगको लागि  निर्माण  व्यवासायीलाई बारम्बार सहकार्यको लागि आग्रह गरे पनि वेवास्ता भैरहेको बताउदै जिम्मेवारी अनुसार दायित्व पुरा गर्नुपर्ने टीकापुर पालिकाका स्थानिय सरकारका प्रमुख तपेन्द्र रावलले बताउनुभयो ।
कार्यक्रममा नेकपाका क्षेत्रीय ईन्चार्ज प्रेम साउदले टीकापुरको विकासको लागि उद्योग बाणिज्य संघले यस क्षेत्रको किसानको समस्यालाई मध्यनजर गरी अगाडी बढ्न आवश्यक रहेको बताउनु भयो । उहाले यस क्षेत्रको गणस्तरीय शिक्षा र उचित स्वास्थ्य उपचारको कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 
नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुनेश्वर अधिकारीले टीकापुरको विकासको लागि यस क्षेत्रका राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी र स्थानिय सरकार एक जुट हुन आवश्यक रहेको बताउनु भयो । 
राजपा नेपालका लक्ष्मण किशोर चौधरीले टीकापुुरमा सामाजिक सदभाव खलबलिएको कारण ब्यापार खस्किरहेको बताउनु भयो । उहाले टीकापुरको टीकापुरको विकास र संबृद्धिको लागि आगामी दिनमा टीकापुरको निकास, ढल र मलको कुरालाई अगाडी बढाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा राप्रपाका गजेन्द्र शाही, टीकापुर पोलिटेक्निका प्रमुख टेकेन्द्र थापा, विरेनद्र विद्यामन्दिरका शिक्षक ओमनाथ उपाध्याय, युनाईटेडका प्राध्यापक परमेश्वर पाण्डे, नविल बैक टीकापुर शाखाका सुभम भट्टराई, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी शिवबहादुर सिंह, टीकापुर उद्योगबाणिजय संथापक अध्यक्ष गोकर्ण रिमाल, टीकाुर साना सहरी खानेपानी तथा सरसफाई अध्यक्ष नवराज रावल, घोडाघोडी नगरपालिका अध्यक्ष जियालाल आर्चाय, सल्लाकार भिमराम चपाई, टीकापुर उद्योगबाणिज्य पुर्व कोषाध्यक्ष तर्क बुढा, पुर्व महासचिव शिवदत्त उप्रेति लगायतले बोल्नु भएको थियो ।
 कार्यक्रममा सफल व्यवसायी धनी गिरीलाई कदर पत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ । त्यस्तै २०७४ को एस ई ई परीक्षमा उत्कृष्ट भएका विद्यार्थाी आर एम ई स्कुलका मदन रिमाल, कमल बटाला, सन्दिप आर्चाय, युनाईटेडका स्कुलका लोकेश ढुङ्गाना, दिव्यश्वरी चौधरी हिमालय मावि घियाका निश्चल चौधरी, विशाल पौडेल, खडक स्मृति माविका चेतना रिमाल, विरेन्द्र द्यिामन्दिरका प्रकाश रोकाय गरी ९ विद्यार्थीलाई प्रसंशा पत्र र नगद सहिद सम्मान गरिएको छ  भने विद्यालयलाई कदर पत्रले सम्मान गरिएको छ । 
कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख र अतिथिहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । उपाध्यक्षले स्वागत गर्नु भएको कार्यक्रममा संचालन महासचिव राम भण्डारीले गर्नु भएको थियो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार