News & Events»
यस बर्ष टीकापुरमा सामूहिक नवरात्रा अनुष्ठान हुने, अनुष्ठान गर्न प्रतिष्ठानका अध्यक्ष नारायण त

 टीकापुर ०८ असोज, 

यस बर्ष टीकापुरमा सामूहिक नवरात्रा अनुष्ठान हुने भएको छ । नवरात्रा अनुष्ठानको आयोजना सनातन संस्कृति प्रतिष्ठान टीकापुरले गर्ने भएको हो । सोमवार प्रतिष्ठानले बोलाएको भेलाले सामूहिक अनुष्ठान र सामूहिक जमराबारे निर्णय गरेको हो  । घटस्थापना देखि नवमीसम्म चल्ने अनुष्ठानमा भागवत तथा अन्य सास्त्रीय बाचन हुने आयोजकको भनाई छ । अनुष्ठान गर्न प्रतिष्ठानका अध्यक्ष नारायण तिमिलसेनाको अध्यक्षतामा समिति चयन गरिएको छ । महासचिबमा चक्रपाणी भट्टराई र कोषाध्यक्षमा मुक्तिनाथ रेग्मीलाई चयन गरिएको छ भने आजीवन सदस्यहरुलाई सदस्यमा चयन गरिएको छ ।
प्रतिष्ठानको आयोजनामा भएको भेलामा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले बिकृतिको शुद्धिकरण र परम्पराको निरन्तरता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा टीकापुर नगर विकास समितिका अध्यक्ष रामचन्द्र शर्मा कट्टेल, पूर्ब सांसद गंगाबहादुर कुव“र, साहित्यकार गगनसिंह थापा, प्रहरी नायब उपरिक्षक शिब बहादुर सिंह लगायतले बोल्नुभएको थियो । प्रतिष्ठानको उदेश्य र संगठनका बारे चक्रपाणी भट्टराईले जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत प्रतिमा आचार्यले गर्नुभएको थियो भने संचालन खडग बहादुर गुरुङले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • विकासको बाटो(एन्टेना)08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार