News & Events»
टीकापुरस्थित शक्तिदेवी स्कूलको सामाजिक परीक्षण

 टीकापुर ०८ असोज, 

टीकापुर नगरपालिका–१ शक्तिनगर स्कूलको गत आर्थिक वर्षको सामाजिक परीक्षण सार्वजनिक गरिएको छ । सोमबार विहान विद्यालयको प्राङ्गणका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकको उपस्थितिमा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । विद्यालयमा लेखापाल पे्रमलाल चौधरीले गत वर्षको १३ लाख ६४ हजार १२ रुपैयको आयव्यय प्रस्तुत गर्नुभएको छ । जसमध्ये एक लाख रुपैया विभिन्न क्षेत्रबाट सहयोग उठाइएको र एक लाख ३७ हजार पाच सय ३८ रुपैया वचत भएको जानकारी दिनुभएको छ ।
दुई सय २५ दिन खुलेको विद्यालयमा एक सय ९३ दिन पढाइ भएको छ । विद्यालयका शिक्षक कर्मचारीहरु कतिमा पनि एक सय ८४ दिन हाजिर भएका छन् । कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कक्षाको औसत सिकाइ उपलब्धि ४१ देखि ५७ प्रतिशत रहेको छ । ८९ छात्रा र एक सय २८ छात्र गरी २ सय १७ बालबालिका अध्ययनरत विद्यालयको कक्षा १ को उत्तीर्ण दर ९३ र कक्षा ५ को उत्तीर्ण दर सय प्रतिशत रहेको छ ।
विद्यालयका प्रधानाध्यापक काशीराम ढुंगानाले विद्यालयमा स्काउट, रेडक्रस, बालक्लव सक्रीय रहेका, न्यून वेतनमा पढाइरहेका शिक्षक र अभिभावकको सहयोगले विद्यालयको गुणस्तर बढाउन सहयोग पुगेको बताउनु भयो । उहाले विद्यालयका लागि अनुरोध गरेकै भरमा पंखा, पानी टंयांकी, विद्युतको धारा उफर, सरस्वती मूर्ति लगायतका सामग्री सहयोग गर्ने दाताहरु र विद्यालयमा निशुल्क वायरिङ्ग, रंगरोगन गर्ने विद्यालय व्यवस्थापकलाई धन्यवाद दिनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष दलबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडघर बाबुराम चौधरी, पूर्व अध्यक्ष रामलाल डगौराले मुक्त कमैंया शिविरमा चलेको विद्यालयको प्रगति देखर खुशी भएको बताउदै एउटा मात्रै स्थायी दरवन्दीले ५ कक्षासम्म पढाउन गाह्रो भएको र बस्तीको बीचमा रहेको स्कूलमा घेरा पर्खाल नहुदा समस्या भएको बताउनुभयो ।
सामुदायिक रेडियो टीकापुर एफएमका स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिनाले जनशक्ति र स्रोतको अभावमा पनि विद्यालय राम्रो सञ्चालन र व्यवस्थापन भएकोमा धन्यवाद दिनुभयो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • विकासको बाटो(एन्टेना)08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार