News & Events»
तिहारमा प्रहरीको विशेष अभियान, राती १० बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीको आग्रह

 धनगढी २१ कात्तिक, 

प्रहरीले तिहारका बेला शान्ति सुरक्षा बलियो बनाउन विशेष अपरेशन चलाएको छ । चाडबाडका बेला हुनसक्ने झैझगडा, कुटपिट सहित अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष गस्ती टोली परिचालन गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले शान्ति सुरक्षालाई दृष्टिगत गरी तिहार अवधिभरी देउसीभैलो खेल्ने समय निर्धारण गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरक्षिक हरिप्रसाद वलीका अनुसार राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको छ । देउसीभैलोको नाममा हुनसक्ने कुनै पनि किसिमको गलत कार्य रोक्न प्रहरीले विशेष टोली पनि परिचालन गरेको जनाइएको छ ।
प्रहरी नायव उपरीक्षक वलीले अबेर रातिसम्म देउसीभैलो खेल्दा अरूलाई बाधा हुने तथा कतिपय अवस्थामा झैझगडा बढ्ने र अपराधिक घटना हुनसक्ने भएकाले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको बताउनु भयो ।
कैलाली प्रहरीले तिहारमा पटाका, भुइचम्फा लगायतका अति प्रज्वलित तथा विष्फोटक वस्तुको प्रयोग नगर्न पनि आग्रह गरेको छ । जिल्ला प्रहरी प्रवक्ता वलीले प्रहरीले भुइचम्फा, पटाका लगायतका विष्फोटक तथा अति प्रज्वलनशील पदार्थको प्रयोगमा निरुत्साहित गर्न नेपाल–भारत सीमानाकामा गस्ती बढाइएको बताउनु भयो । त्यस्तै, कैलाली प्रहरीले जुवातास नखेल्न तथा मादक पदार्थ सेवन लगायतका क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार