News & Events»
टीकापुर ९ झुंगामा लैङ्गिक हिंसाका विषयमा अन्र्तक्रिया

 टीकापुर १९ मंसिर, 

लैङ्गिक हिंसा विरुद्धको  १६ दिने अभियान अन्र्तगत टीकापुर ९ झुंगामा लैङ्गिक हिंसाका विषयमा अन्र्तक्रिया भएको छ । लैङ्गिक हिंसाको बारेमा जानकारी दिन तथा हिंसा न्यूनिकरण गर्ने उदेश्यले अन्र्तक्रिया गरिएको आयोजकले जानकारी दिएको छ । 
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले समाजमा हिंसाकै कारणले विभिन्न प्रकृतिका घटना बढीरहेका बताउनु भयो । उहाले अहीलेको प्रविधिलाई सही तरीकाले प्रयोग गर्न नसके जति वेला पनि हिंसामा पर्न सकिने भन्दै त्यसबाट जोगिन सबैले सचेत हुनु पर्ने बताउनु भयो । 
वडा नं. ९ का कार्यबाहक अध्यक्ष भरतबहादुर साउदले कसैमाथी पनि हिंसा नगर्न आग्रह गर्दै हिंसा न्यूनिकरणको शुरुवात आफैबाट गर्नु पर्ने बताउनु भयो ।
सेतीमैया माध्यामिक विद्यालयका प्रधानाध्यापक पतिराम चौधरीले बच्चाहरुले आमाबाट नै लैङ्गिक हिंसा तथा दुव्र्यव्यवहारका कुरा सिक्ने भएकोले आमा नै सचेत हुन आवश्यक रहेको बताउनु भया  ।
महिला संजालका अध्यक्ष गोमा साउदले महिलालाई सबै भन्दा बढि हिंसा हुने गरेको बताउनु भयो । विद्यार्थी जिविका शाहले परिवर्तन आफैबाट सुरु गर्न  आवश्यक रहेको बताउनु भयो । 
सामुदायिक सेवा केन्द्रका अध्यक्ष मोहननाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा तारा प्रसाद अधिकारीले संचालन गर्नु भएको थियो । 
कार्यक्रममा तेजराम दहितको अध्यक्षमा १६ सदस्यीय टोल सुधार समिति पनि गठन भएको छ  । जसको  उपाध्यक्षमा गोमा साउद, सचिवमा कमला कोईराला, कोषयक्षमा मुना थापा चयन हुुन भएको छ । यस्तै सदस्यमा दिलिप चौधरी, शिव सुनार, रिता चौधरी, नन्दा जैसी, प्रेमलाल चौधरी, सत्रुधन चौधरी, जनकदेवी शाह, लोकबहादुर चौधरी, मोहन चौधरी, गणेश चौधरी, मोहन चौधरी र मुकेश चौधरी चयन हुनु भएको छ 
अन्र्तक्रिया टीकापुर नगरपालिका, ईलाका प्रहरी कार्यालय टीकापुर र सामुदायिक सेवा केन्द्र टीकापुरको सहकार्यमा भएको हो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार