News & Events»
१५ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वंयसेक दिवस टीकापुरमा पनि मनाइयो

 टीकापुर १९ मंसिर, 

१५ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वंयसेक दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा टीकापुरमा पनि कार्यक्रम भएको छ । महिला स्वास्थ्य स्वयंसेवकको नि स्वार्थ सेवा , स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने नाराका साथ टीकापुर नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । महिला स्वास्थ्य स्वंयसेव शुशीला ढुङ्गानाले महिला स्वास्थ्य स्वंयसेवक भएर काम गर्दै जादा पहिला समाजमा बैठक बसाल्न महिलाहरुलाई जम्मा गर्न निकै गाह्रो भएको र अहिले बिस्तारै सकारात्मक बुझाई भएको  र आफै बैठकमा बस्न आउने बताउनु हुन्छ ।
भावना रतनले आफु स्वंयसेवक भएर बिभिन्न आमा समुह गठन गरेर आप्नो समाजमा छाउपडि प्रथा हटाएको  र महिलालाई सुत्केरी गराउन गाह्रो हुने बताउनु हुन्छ ।
अर्का महिलास्वास्थ्य स्वंयसेवक चन्द्रावती शर्माले कुनैबेला समाजमा औसधी खुवाउन नमान्य र बिभिन्न आरोप लगाउने गर्थे तर अहिले सबैले बुझ्रदै गएकाले काम गर्न सहज भएको छ र आगामी दिनहरुमा काम गर्न अझै सहज बनाउन सम्बन्धित निकायले प्रचार प्रसार गरिदिनुपर्ने भन्नु हुन्छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि टीकापुर नगरपालिकाका उप प्रमुख केसरी बिष्टले स्वंयमसेवीकाको सेवासुबिधा बृद्धि र्गानगरसभाबाट पास गर्ने बताउनुहुन्छ । उहाले परिवार संगसंगै समाजमा स्वंयमसेवीकाले धेरै सेवा दिएको र उनिहरुको सेवासुबिधा बृद्धिकालागी पहल गर्ने बताउनुहुन्छ ।
साथै एक हजार पुरष्कार सहित पांच जना स्वंयसेवीकालाई सम्मान गरिएको छ । वडा न १ का मायम घर्तिमगर वडा न २ का कल्पना चौधरी ३ का बन्धिया चौधरी ४ का अनिता पाण्डे र वडा न ५ का जुनागाहा मगर प्रमुख प्रशासकीय अधिकृत धु्रबराज आचार्यले स्वागात जगर्नुभएको कार्यक्रममा वडा न १ का महिला स्वास्थ्य स्वंयसेवीका संयोजक रुकमीणी शर्मा, प्रहरी नायब उपरिक्षक शिबबहादुर सिहं, स्पीड नेपालका अध्यक्ष ललिता सुनार, विष्णुदेवि रावल, कांग्रेस नगर सभापति धनराज उपाध्याय बोल्नु भएको थियो । सवास्थ्य शाखा प्रमुख बलबहादुर रावलले कार्यक्रमबारे जानकारी दिनुभएको थियो भने कार्यक्रमको संचालन सह संयोजक कमल रावलले गर्नुधएको थियो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार