News & Events»
जानकीमा १२ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गर्दै १५ औ महिला स्वस्थ्य स्वयम् सेविक

 टीकापुर १९ मंसिर, 

जानकी गाँउपालिकाले १२ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गर्दै १५ औ महिला स्वस्थ्य स्वयम् सेविका दिवस मनाइएको छ । जानकी गाँउपालिकामा लामो समय देखि स्वयम् सेविकाको रुपमा राम्रो कार्य गरेको भन्दै विभिन्न वडाका महिला स्वयम् सेविकलाई स्म्मान गरेको हो । सम्मानित हुनेमा महिला स्वास्थ्य सेविकामा दुर्गौली स्वास्थ्य चौकीबाट उर्मिला चौधरी, सुनिता चौधरी, चुन्की चौधरी, मुनुवा स्वास्थ्य चौकीबाट उर्मिला चौधरी हैरानी चौधरी, अमृता भट्टराई पथरैया स्वास्थ्य चौकीबाट गंगा थापा, रत्ना चौधरी, रत्ना विक, जानकी नगर स्वास्थ्य चौकीबाट विमा उपाध्याय अतुरनी चौधरी, शहरी चौधरीलाई नगद १ हजार १ सय,  दोसल्ला, प्रमाणपत्रले सम्मान गरिएको हो  ।   
सामाजिक विकास समितिका संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले स्वास्थ्यमा सरकारको लगानीलाई स्वयम् सेविकाले सफल बनाएको बताउनुभयो । उहाँले सबैको सहकार्य पहलमा घर परिवार समाज राम्रो बनाउन तन, मन, बचनले काम गर्दा लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।
विशिष्ट अतिथी उपाध्यक्ष उमा महताले महिला स्वस्थ्य सेविकाको लागि विभेदको कार्यक्रम गर्न नहुने बताउनुभयो । उहाँले महिला स्वास्थ्य सेविकाको सेवा प्रवाह समस्या समाधानको लागि वडा अध्यक्षहरु पनि जिम्मेवार बन्नुपर्ने र सबैलाई समेटेर लैजानपर्ने बताउनुभयो ।
 
टेकबहादुर हमालले स्वागत गर्नुभएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष धनिराम चौधरी, वडा नं. ५ का वडा अध्यक्ष भिम चौधरी, वडा नं. ८ का वडा अध्यक्ष डम्बर चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संचालन दुर्गौली स्वास्थ्य चौकीका इन्चार्ज पदम सिह परियाले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार