News & Events»
सिपमूलक तालिमको आवश्यकता पहिचानका लागि खानेपानी संस्थाका उपभोक्ता महिलासंग छलफल

 टीकापुर १९ मंसिर, 

सिपमूलक तालिमको आवश्यकता पहिचानका लागि खानेपानी संस्थाका उपभोक्ता महिलासंग छलफल गरिएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा टीकापुरमा भएको कार्यक्रममा टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाका ५० जना विपन्न परिवारका उपभोक्ता महिला सहभागी थिए । 
संस्थाका अध्यक्ष नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी महिलाले गर्न सक्ने सिपको पहिचान गरी उनीहरुलाई आर्यआर्जनका कार्यमा कसरी लगाउने भन्नेबारे छलफल हुने खानेपानी तथा ढल निकास विभागका सामाजिक सुरक्षण बिज्ञ केशव ढुंगानाले बताउनुभयो ।
 कार्यक्रममा हिम्मतसिह लेकालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै खानेपानी संस्थाका सदस्य नरेश खत्रीले खानेपानी संस्था टीकापुरले प्रतिफलमा आधारित सहयोग कार्यक्रम मार्फत् ८ सय ६१ परिवारले शौचालय निर्माणका लागि १० हजार बराबर अनुदान पाएको बताउनुभयो । उहांले खानेपानीको सदस्यता लिंदा एक हजार दुई सय ३४ परिवारले छुट पाएको बताउनुभयो ।
संस्थाका अध्यक्ष नवराज रावलले आयोजनाले खानेपानी मात्र नभई निम्न आयस्तर भएका महिलाको जीवनस्तर उकास्न समेत सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहांले पाइपको अभावमा केही ठाउंमा धारा जडान हुन नसकेको बताउंदै आफूहरु सबैको घरमा पानी पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार