News & Events»
महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा धनसिहपुरमा बक्तृत्वकला प्रतियोगिता, ३ जना स्वयम से

 टीकापुर २० मंसिर, 

टीकापुर नगरपालिका वडा न ८ स्थित बटनपुरमा बिहिवार १५ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवस मनाईएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहेका टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले महिला स्वास्थ्य स्वयमसेविको महत्वपुर्ण योगदानले बिगतको तुलनामा यसवर्ष समग्र नगरपालिकामा महिला तथा बाल मृत्युदर घटाउन सफल भएको बताउदै नगरपालिका तथा वडाले गर्ने सहयोगबाट पछि नहट्ने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने तिन जना महिला स्वास्थ्य स्वयमसेविका लाई उनीहरुको कार्यसम्पादनका आधारमा प्रथमलाई १ हजार १५, दृतिय हुनेलाई १ हजार १० र तृतिय हुने लाई १ हजार ५ नगद र प्रशंसापत्र सहित पुरस्कृत गरिएको थियो ।
पुरस्कृत हुनेमा धनसरा साउँद, राजकुमारी चौधरी र देबसरा साउँद रहनुभएको छ । कार्यक्रममा वडा ८ र ९ का २२ जना महिला स्वास्थ्य स्वयमसेविका बिच ४ समुहमा बिभाजन गरी स्वास्थ्य सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता भएको थियो । 
जसमा समुह २ प्रथम, समुह १ द्धीतीय, समुह ३ तृतीय र समुह ४ सान्तवना भएका थिए भने प्रतियोगी सम्पुर्णलाई सरसफाई सामग्री बितरण गरिएको थियो । वडा न ८ कि महिला स्वास्थ्य स्वयम्सेविका संयोजक सारदा साउँदको अध्यक्षता भएको कार्यक्रममा टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावल, धनसिंहपुर स्वास्थ्य चौकी ईन्चार्ज सकुन्तला रोकाया लगायतले धारणा राखेका थिए । कार्यक्रम आशा साउँदले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार