News & Events»
रेशम चौधरीलाई तत्काल जेलमुक्त गन माग

 टीकापुर २० मंसिर, 

प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई तत्काल जेलमुक्त गर्न नेपाल लोकतान्त्रिक पार्टीले कैलाली माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री भानुभक्त ढकाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै लोकतान्त्रिक पार्टीले चौधरीलाई जेलमुक्त गरी यथाशीघ्र शपथग्रहण गराइ पदवहाल गराउन माग गरेको हो ।
लोकतान्त्रिक पार्टीले टीकापुर घटनाको आरोपित बन्दीहरुलाई बिनासर्त यथाशीघ्र रिहाइ गर्नुका साथै विभिन्न चरणमा थरुहट, मधेस, आदिवासी आन्दोलन आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दाहरु खारेज गर्न सरकारसँग माग गरेको छ ।
११ बुँदे ज्ञापन पत्रमा बलात्कारपछि हत्या गर्ने मानवताविरोधी कार्य रोक्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तसहित विभिन्न ठाउँका घटनाका दोषी पत्ता लगाइ हदैसम्मको कारबाही गर्नुपर्ने, भूकम्पीडितको समस्या हल गराउन कानुन प्रक्रिया सहज गराउनुपर्ने, युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न, गौहत्याको झुट्टो आरोपमा जेल सजाय भोगिरहेका नागरिकलाई तुरुन्त रिहा गर्नुपर्ने माग गरेका छन् ।
चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी भूमिगत रुपमै चुनाव लडेर कैलाली १ बाट प्रतिनिधिसभा निर्र्वािचत भएका थिए । लामो समय भूमिगत रहेका उनले १४ फागुनमा अदालतसमक्ष आत्मसर्मपण गरेका थिए ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार