News & Events»
टीकापुर जेसीजको २१ औं शाखा अधिवेशनको उद्घाटन, विकासको लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्न

 टीकापुर २१ मंसिर, 

प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले विकासको लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने बताउनु भएको छ । टीकापुर जेसीजको २१ औं शाखा अधिवेशनको उद्घाटन गर्दै उहा“ले सो कुरा बताउनु भएको हो  । 
उहा“ले सत्तापक्षको पुरानो प्रवृत्तिका कारण काम हुन नसकेको टिप्पणी गर्नुभयो । प्रदेश सभा सदस्य उमादेवी वादीले टीकापुर जेसिजले राम्रो काम गरिरहेको बताउ“दै आफ्नो तर्फबाट जेसिजलाई सहयोग रहने बताउनुभयो ।
नेपाल जेसिजका उपाध्यक्ष टेकराज रेग्मीले सबै यूवाहरुलाई जेसिजमा लाग्न आग्रह गर्दै त्यसको लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्यले जेसिजले नेतृत्व विकासमा सघाउने भएकाले यूवाहरुले यसको अनुसरण गर्नुपर्ने बताउनुभयो । 
 नेपाली कांग्रेसका क्षेत्रीय सभापति भूवनेश्वर अधिकारीले टीकापुर जेसीजमा सदस्यहरुको संख्या घटीरहेकोमा दुःख व्यक्त गर्दै जेसीजले यूवाहरुलाई समेट्ने विषयमा ध्यान दिनु पर्ने बताउनु भयो । 
टीकापुर जेसीज वर्ष १८ का अध्यक्ष लालकेश जैशीको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्रोफेसर डाक्टर जगतबहादुर सिंह रावल, पूर्व अध्यक्ष राजकुमार हमाल, कृतिसिंह बम, योग प्रशिक्षक दिर्घराज गिरी, लम्की जेसीजका अध्यक्ष रामबहादुर वोगटी, वौनिया जेसीजका अध्यक्ष जनक विष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो । टीकापुर जेसीजका महासचिव सुरेश प्रसाद रिमालले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष झनक तिमिल्सिनाले गर्नुभएको थियो । नयां नेतृत्व चयनका लागि बन्दशत्र जारी छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार