News & Events»
जानकी गाउपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सास्कृतिक कार्यक्रम

 टीकापुर २१ मंसिर, 

 जानकी गाउपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सास्कृतिक सहिष्णुता तथा सामाजिक सद्भावको लागि वृहत सास्कृति कार्यक्रम भएको छ । सामाजिक मेलमिलाप तथा सदभाव बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 
कार्यक्रममा सस्कृति झल्कने विभिन्न समुदायको विभिन्न किसिमका गीत तथा नृत्यहरु र महिला हिंसा सम्बन्धि गीत पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जानकी गाउपालिका अध्यक्ष प्रदिपकुमार चौधरी, जोशिपुर गाउपालिका उपाध्यक्ष गीता कठरिया, जानकी गाउपालिकाका सामाजिक विकास समिति संयोजक लक्ष्मण चौधरी, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी शिवबहादुर सिंह, संघीय समाजबादीका दिनेश चौधरी, मजदुर किसान पार्टीका गगनकुमार थापामगर, बालकल्याण संघका खुशिराम चौधरी, नव दिपज्योति महिला सहकारी संस्था जानकी नगरका सदस्य मन्जु रावल, हातेमालो महिला संजालका मेनुका सुनार लगायतले बोल्नु भएको थियो । 
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएस पी शिवबहादुर सिंह, टीकापुर बालकल्याण संघका कार्यक्रम संयोजक खुशिराम चौधरी, महिला विकास परिचालक गंगा थापा कुवर, भागिरथी शाह, महिला शान्ति संजाल जानकी गाउपालिकाका संयोजक भिमा महतो, युवा शान्ति संजालका टीका चौधरी, शान्ति परिषद संयोजक मोहमद अलिजागा, जनता आधारभुत विद्यालय अमरावतिका जानकी भाट, पारिजात महिला बहुउदेश्य सहकारी संस्था लिमिटेडका लिला विक, अन्नपुर्ण महिला समितिका ललिता कठरीया एकल महिला विन्दै चौधरी, महिला मसला उद्योग कञ्चनपुरलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । 
त्यस्तै म्युजिक हमार अगनाका कलाकाहरु महेश चौधरी, खुशि रत्गैया, आकाश चौधरी, खडक चौधरी, सुनिता चौधरी, र जुनु चौधरी ,सामुदायिक रेडियो टीकापुरका पत्रकार गिता चौधरी, र कराटे प्रशीक्षक राजेन्द्र चौधरीलाई दोसल्ला ओढाई सम्मान गरिएको  थियो । 
 जानकी गाउपालिका उपाध्यक्ष उमा महतोको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य सोमति चौधरीले स्वागत गर्नु भएको थिायो भने कार्यक्रम संचालन स्वास्थ्य शाखाका संयोजक पदम परियारले  भएको थियो । 
कार्यक्रम बालकल्याण संघ टीकापुरको सहयोग र जानकी गाउपालिका गाउकार्यपालिकाको आयोजनामा भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार