News & Events»
नर राजु मोबरा प्राज्ञिक पुरस्कार साहित्यकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान, साहित्यकारलाई सम्

 टीकापुर २० पौष, 

नर राजु मोबरा प्राज्ञिक पुरस्कार साहित्यकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिएको छ । टीकापुर प्राज्ञिक समाजले एक कार्यक्रमको आयोजना गरी नेपालकै पहिलो महिला गजल कृतिकार श्रेष्ठप्रियालाई १० हजार नगद, प्रमाणपत्र र दोसल्ला सहित पुरस्कृत गरेको हो । श्रेष्ठलाई तेस्रो आ“खा भन्ने समिक्षा संग्रहका लागि पुरस्कृत गरिएको आयोजकले जानकारी दिएका छन् । समाजले समाजसेवी मोहन रावललाई समेत दोसल्ला ओढाई सम्मान गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिमका नेता तथा सांसद डाक्टर रणबहादुर रावलले श्रष्टालाई सम्मान गर्दै साहित्यका माध्यमले समाजको चित्रण गर्ने श्रष्टालाई यसरी नै सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सांसद उमादेवी वादी, पूर्व सांसद हरि ज्ञवाली अखण्ड लगायतले बोल्नुभएको थियो । गणेश ओझाले स्वागत गर्नुभएको कार्यक्रम संचालन फणेन्द्रराज रेग्मीले गर्नुभएको थियो । 
 टीकापुरका समाजसेवी मोहनबहादुर रावलले आफ्ना माता, पिता र आफ्नो नाममा समाजका नाममा दिनुभएको अक्षयकोषबाट पत्थरलाई यसबर्ष पुरस्कृत गरिएको हो । समाजसेवी रावलले तीन बर्ष अघि प्राज्ञिक क्षेत्रका ब्यक्तिलाई सम्मानका लागि एक लाख ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गरिदिनु भएको हो । समाजले यसअघि मनिराज जोशी र गगनसिंह थापालाई सम्मान गरिसकेको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार