News & Events»
सामुदायिक रेडियोका सहकर्मी पत्रकार दुर्गा देवकोटालाई १० हजार पांच रुपैया राशीको मोहन प्रतिभा

 टीकापुर २१ पौष, 

बृद्ध सेवा समिति टीकापुरले पत्रकार दुर्गा देवकोटा सहित ४ जनालाई सम्मान गरेको छ । समितिले सामुदायिक रेडियो टीकापुर एफएमका पत्रकार दुर्गा देवकोटा सहित तीन जनालाई १० हजार पांच रुपैया राशीको मोहन प्रतिभा सम्मान र प्रमाणपत्र प्रदान गरेको छ । समितिले पत्रकारिताको माध्यमबाट जेष्ठ नागरिकको हकहित र अधिकारका लागि कलम चलाएको भन्दै देवकोटालाई सम्मान गरेको हो । 
सम्मान पाउनेहरुमा देवकोटा सहित योगको विकासमा योगदान दिने योगाश्रम टीकापुरका पृथ्वीराज रावल, बृद्ध सेवा समितिको सुशासन र हितमा काम गरेको भन्दै संस्थाका सचिव लोकराज रेग्मीलाई समेत नगद दश हजार सहित सम्मान गरिएको हो । कार्यक्रममा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा पर्न सफल सांसद उमादेवी वादीलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिमका नेता तथा सांसद डाक्टर रणबहादुर रावलले सम्मान गर्नुभएको हो । बृद्ध सेवा समितिका अध्यक्ष तथा समाजसेवी मोहनबहादुर रावलले विभिन्न क्षेत्रमा ब्यक्तिलाई सम्मान सहित प्रोत्साहन गर्ने उद्देश्यले गतबर्ष पांच लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो । सोही रकमको ब्याजबाट तीन जनालाई सम्मान गरिएको हो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार