News & Events»
बृद्ध सेवा समितिको १९ औं साधारण सभा सम्पन्न

 टीकापुर २१ पौष, 

बृद्ध सेवा समितिको १९ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभा उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिमका नेता तथा सांसद डाक्टर रणबहादुर रावलले मोहन बहादुर रावलले गरेका उदाहरणीय कार्यको प्रशंसा गर्दै समाजमा योगदान दिने ब्यक्ति थोरै हुने गरेको बताउनुभयो । सांसद रावलले समाजको आवश्यकता अनुसार आर्थिक सहयोग सहितको योगदान दिने ब्यक्तिबाट पाठ सिक्न आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रममा बोल्दै सांसद उमादेवी वादीले बृद्ध सेवा समाजले समुदायका लागि धेरै योगदान दिएको बताउंदै अब सांसदका हैसियतले यस क्षेत्रको विकासका लागि सहयोगी भूमिकामा रहने बताउनुभयो ।
बृद्ध सेवा समितिका अध्यक्ष मोहनबहादुर रावलले कार्यक्रम समापन गर्दै जेष्ठ नागरिकको सिप र ज्ञान लिएर संग्रहालयका रुपमा विकास गर्ने योजनाका साथ बृद्ध सेवा समितिको स्थापना गरिएको बताउनुभयो ।
अध्यक्ष रावलले जेष्ठ नागरिकसंग प्रेम गर्न आवश्यक रहेको बताउंदै जेष्ठ नागरिकको खुशीका लागि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी गगनसिंह थापा, धनञ्जय तिमिल्सिना, यज्ञमूर्ति अर्याल, रामप्रसाद रिमाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, नगर सभापति धनराज उपाध्याय, समाजसेवी फणिन्द्रराज रेग्मी, चुणामणि रेग्मी, नरराज गिरी लगायतले बोल्नुभएको थियो । सचिव लोकराज रेग्मीले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष भक्तबहादुर रावलले संस्थाको २ लाख अड्सठ्ठी हजार दुई सय ९५ रुपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । 
सोही अवसरमा देवकोटा साहित्य कला परिवारको बार्षिक प्रकाशन सैना पत्रिकाको बिमोचन गरिएको थियो । कार्यक्रममा सैना पत्रिका यस क्षेत्रका साहित्यकारका रचना र लेख समेटेर प्रकाशन गरिएको देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलले जानकारी दिनुभयो । सैनाको सम्पादन साहित्यकार कण्ठराज गिरीले गर्नुभएको छ । 
साधारण सभाले बृद्ध सेवा समितिको कार्य समिति पुनगठन गरेको छ । समितिमा केही पदाधिकारी थपघट गरिएको छ । संस्थाको उपाध्यक्षमा कण्ठराज गिरी, सदस्यमा बलबहादुर रावल, देवेन्द्र बहादुर रावल र रत्नचन्द्र भण्डारीलाई चयन गरिएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार