News & Events»
उज्यालो बहुउद्देश्यि सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा,कृषि पेशालाई सम्मान जनक पेशा बनाउ

 टीकापुर २१ पौष, 

सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीले कृषि पेशालाई व्यवसायीक  र औद्योगिकरण गरि सम्मानजनक पेशा बनाउु पर्ने बताउनु भएको छ । टीकापुर नगरपालिका वडा नंं ७ स्थित उज्यालो बहुउद्देश्यि  सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले  ग्रामीण तथा  राज्यको सेवाबाट टाढा रहेको सर्वसाधारण नागरिकलाई सहकारीले जोड्दै गएकोले सहकारीलाई व्यवस्थित गर्दै विकास गर्नु सकिने बताउनु भयो ।
 अहिले स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्नु भएकोले किसानले मल, बिउविजन, सिचाई विना प्रगति गर्न नसक्ने भएकोले किसानको सहजताको लागि सिमा नाकामा पनि सहजता गर्नु पर्ने बताउनु भयो। 
उज्यालो बुहउद्देश्यीय सहकरी संस्था संचालक समितिका अध्यक्ष शेर सिह रिजालको अध्यक्षतामा भएको कार्यक्रममा  विशिष्ट अतिथी प्रदेश सांसद उमा वादी,वडा नं. ७ का वडा अध्यक्ष राम लाल डगौरा, रानी जमरा कुलरिया सिचाई अयोजना कृषि कार्यक्रम तर्फको प्रमुख सुनिल कुमार सिह, सत्ती कर्णाली सामुदायिक बनका अध्यक्ष धनसिह साउद, सदस्य खड्क भण्डारी, यज्ञ न्यौपाने लगाएतले  शुभ कामना मन्तव्य राख्नु भएको थियो । उपाध्यक्ष शशि श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रम संचालन प्रबन्धक रामकृष्ण चौधरीले गर्नु भएको थियो । 
सभामा आर्थिक वर्ष २०७४÷०७५को   ६ लाख ७६ हजार ९४ रुपैया तथा आर्थिक  वर्ष २०७५÷०७६को ३९ लाख ५५ हजार ६ सय ३८ बराबरको अनुमानित आयव्यय विवरण प्रस्तुत गरएको छ  ।  
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार