News & Events»
समाजसेवी गौरीश्वर शर्माको ४५ दिनको पुण्यतिथीमा सरस्वती माध्यमिक विद्यालय बनगाउका विद्यार्थी

 टीकापुर २४ पौष, 

टीकापुर नगरपालिका वडा नं. १ स्थित सरस्वती माध्यमिक विद्यालय बनगाउँका जेहेन्दार, तथा विपन्न विद्यार्थीलाई विद्यालयक पोषक, खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ । 
बनगाँउ निवासी गौरीश्वर शर्मा (किट्टी बाजेको) ४५ दिनको पुण्यतिथीमा विद्यालयमा  अध्ययनरत कक्षा १ देखि १० सम्मका ६० जना विद्यार्थीलाई सुईटर, २ सय जना विद्यार्थी लाई कापी र विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई डट्पेन वितरण गरिएको छ । यस्तै गौरीश्वर शर्माका सहपाठी तेजबहादुर पुन, बमबहादुर पुन र रामसिह खड्कालाई ब्लाङकेटले सम्मान गरिएको छ । 
गौरीश्वरका छोरी धनकला बराल, गंगा शर्मा, छोरा पुरुशोत्तम शर्मा र खेम शर्माले सयुक्त रुपमा आफ्ना बुवाको ४५ औ दिनको पुण्यतिथीमा उक्त सामग्री विद्यार्थीलाई वितरण सँगै विद्यालयलाई नगद ५ हजार १ रुपैया सहयोग गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र घर्तिमगरको अध्यक्षतामा भएको विद्यार्थीलाई विद्यालय पोषक, खेलकुद तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगरपालिकाका उपमेयर केशरी विष्टले अन्य फजुल खर्च गर्नुभन्दा उदाहरणीय कार्यमा खर्च गर्नुपर्ने बताउनुभयो । उहाँले पुण्यतिथीको अवसरमा गरिएको कार्यक्रम टीकापुरको लागि नमुना, स्वागतयोग्त तथा उदाहरणीय भएकोले उक्त कामको प्रशंशा गर्नुभयो ।
विद्यार्थी नै देशका कर्णधार तथा विकासका सम्वाहक भएकोले वुवाको सम्झनामा अन्य कार्यक्रम भन्दा विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको छोरी धनकला बरालले बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले समाजसेवामा योगदान पु¥याउनुभएका समाजसेबी स्वर्गीय गौरिश्वर शर्माका परिवारले देखाएको सदासयताबाट समाजले प्रेरणा पाउने भन्दै समाजमा फजुल गर्च गर्नुभन्दा सामाजिक योगदान पु¥याएर पनि आफ्नो मान्छेलाई सम्झन सकिने बताउनुभयो । विद्यालयका शिक्षक रामलाल चौधरीले स्वागत गर्नुभएको कार्यक्रम संचालन शिक्षक मैनबहादुर खड्काले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार