News & Events»
टीकापुर जेसिज वर्ष २०१९ को पदस्थापन , टीकापुर जेसीजको शिर झुक्न नदीने अध्यक्ष गणेश साउदको प्रति

 टीकापुर २४ पौष, 

टीकापुर जेसिजको २२ औ पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । टीकापुर जेसीजका वर्ष २०१९ का लागि नव निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गरीएको हो । पदस्थापन गर्दै टीकापुर जेसीजका वर्ष २०१९ का अध्यक्ष गणेश साउदले टीकापुर जेसीजका पूर्व अध्यक्षहरुको शिर झुक्न नदीने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पदस्थापन कार्यक्रममा बोल्दै  नेपाल जेसीजका वर्ष २०१९ का अध्यक्ष महेश पौडेलले जेसीज असल नागरिकहरु उत्पादन गर्ने कारखाना भएको बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष पौडेलले अवका दिनमा नेपाल जेसीजका कार्यक्रमहरु मोवाईल एप्सबाट हेर्न सकीने बताउनु भयो । 
प्रदेश सांसद उमादेवि वादीले जेसीजले नेतृत्व विकासको पाठ सिकाउने गरेको बताउदै सबैले जेसीजलाई सहयोग गर्नु पर्ने बताउनु भयो । 
टीकापुर जेसीज वर्ष १०१८ का अध्यक्ष लालकेश जैशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, राष्ट्रिय उपाध्यक्ष रुक्मणी सिग्देल, टीकापुर जेसीजका संस्थापक अध्यक्ष जगतबहादुर सिंह रावल, टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, निर्वाचन अधिकृत टेकनारायण पौडेल, वौनिया जेसीजका अध्यक्ष जनक विष्टले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  
पदस्थापन कार्यक्रममा जेसी अफ द इयर एक्टिभ मेम्बर २०१८ बाट टीका जैसी, जेसी अफ द इयर २०१८ बाट तपेन्द्र स्वारलाई सम्मान गरीएको थियो । यस्तै प्रदेश सांसद उमादेवि वादी, टीकापुर जेसीजका संस्थापक अध्यक्ष जगत बहादुर सिंह रावल र खेलाडी बबरजंग शाहीलाई  पनि सम्मान गरीएको थियो ।
टीकापुर जेसीज वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन वर्ष २०१८ का महासचिव सुरेश रिमाल र वर्ष २०१९ का महासचिव तपेन्द्र स्वारले सञ्चालन गर्नु भएको थियो । टीकापुर जेसीजको वर्ष २०१९ का लागि गत मंसिर २३ गते गणेश साउदको अध्यक्षतामा नया नतृत्व चयन भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार