News & Events»
रानी जमरा कुलरिया सिचाई आयोजना आधुनिकीकरणको दोस्रो चरण कार्यान्वयनको अवस्था बारे जानकारी, ५ वर

 टीकापुर २५ पौष, 

रानी जमरा कुलरिया सिचाई आयोजना आधुनिकीकरणको दोस्रो चरण कार्यान्वयनको अवस्था बारे जानकारी दिइएको छ । आयोजनाले बुधबार टीकापुरमा आयोजना क्षेत्र टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउपालिकाका प्रमुख र कुला प्रणालीका पदाधिकारीहरुलाई आयोजनाबारे जानकारी दिएको हो । आयोजनाका प्रमुख मधुकर रानाले पहिलो चरणमा ठूला निर्माणका काम सम्पन्न भैसकेका र दोस्रो चरणको पाच वर्षमा शाखा, प्रशाखा नहरहरुकको निर्माण कार्य गरिने जानकारी दिनु भयो ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जनप्रतिनिधिहरु आइसकेपछि पनि आयोजनाको सूचना प्रवाह कमजोर भैरहेकाले अब मिलेर जानुपर्ने बताउनुभयो।
लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले काम दु्रत गतिमा हुनुपर्ने र लम्की क्षेत्रमा नहरमा परेका जग्गाको मुआब्जा मागेजति पाउनु पर्ने बताउनु भयो ।
जानकी गाउपालिका अध्यक्ष प्रदिपकुमार चौधरीले आफू निर्वाचित भएको डेढ वर्षपछि आयोजनाबारे थाह पाएको बताउदै अब स्थानीय तहसंग मिलेर जान आग्रह गर्नुभयो ।
आयोजनाको कृषितर्फका कोर्डिनेटर सुनिलकुमार सिंहले दोस्रो चरणको कार्यक्रम पहिले भन्दा फरक भएकाले काम गर्न ढिलाई भैरहेको बताउनु भयो ।
पत्रकार मातृका तिमिल्सेनाले केही लाखको बजेट भएका वडाहरुले समेत सार्वजनिक सुनुवाई मार्फत जनतालाई आफ्ना सेवा र खर्चबारे जानकारी दिइरहेको अवस्थामा अर्बौको बजेट भएको आयोजनाको सूचना जनताले थाह पाउन नसकेको बताउनु भयो । उहाले कृषि तर्फकै सरह निर्माण आयोजना बारे पनि नागरिकले थाह पाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा रानी जमरा कुलरिया सिचाई उपभोक्ता समूहका सचिव परशुराम महत्तौं, दामोदर खड्का, कुलरिया कुलोका अध्यक्ष रविलाल चौधरी, रानी कुलाका अध्यक्ष श्रीपाल चौधरी, जमरा कुलो उपभोक्ता समूहका सचिव मानबहादुर चौधरी, सुशीला शाहले आयोजनाका सूचनामा आम नागरिकको पहुच हुनुपर्ने र पहिलो चरणका बाकी र नमिलेका काम पूरा हुनुपर्ने बताउनु भएको छ । कार्यक्रमको सहजीकरण आयोजनाका वरिष्ठ समाजशास्त्री विमलराम ढेवाजुले सहजीकरण गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार