News & Events»
भजनीको कान्द्रा नदीमा ४ वर्ष पहिले बनि सक्ने पुल अझै बनेन, काम थालेको ठेकेदार १ महिनामै फरार

 टीकापुर २६ पौष, 

हुलाकी सडक खण्डको भजनी नगरपालिका वडा नं. ३ ठेकी स्थित कान्द्रा नदीमा निमार्णाधिन पुलको ठेकेदार काम छोडेर फरार भएका छन् । गत मंसिरबाट पुल निर्माणको काम शुरुवाट गरेका ठेकेदार विना सुचना  ३ साता पहिले निर्माणको लागि प्रयोग हुने सामान सहित फरार भएको स्थानिय बल बहादुर बुढाले बताउनु भयो  । उहाँले पुलको लागि नियमति काम भैरहेको भए पनि ठेकेदार सबै सामान सहित भाग्दा पुलको काम ठप्प भएको बताउनु भयो ।  
४ स्पानको एक सय मिटर लम्बाईको पुलमा  ५ वटा पिलर रहने भए पनि पुलको निर्माणको काममा लापरवाही तथा ठेकेदारको मनोमानीले अहिले सम्म पुर्व र पश्चिम साइटमा २  पिलर मात्र बनेको छ । पुलको काम संचालनको लागि अहिले आसपासमा ठुल् ठुला खाल्डा भएकाले थप जोखिम बढेको स्थानिय चित्र बहादुर साँउदले बताउनु भयो । उहाँले पुलको ठेकेदार भाग्नुमा स्थानिय तहको समेत लापरवाही भएको  बताउनु भयो ।  
४ वर्ष पहिले बनि सक्ने पुल यस वर्ष समयमा बन्ने अपेक्षा रहे पनि ठेकेदार नै भाग्दा यस  पुल बन्ने सम्भावना नरहेको साँउले बताउनु भयो । कान्द्रा नदीले नगरबासी नै बिझाजित भएको क्षेत्रमा  पुलले भजनी नगरपालिका वडा नं. ५, ७ र ३ को जोड्ने आशामा रहेका जनता अहिले सम्म पुल नहुदा वर्षातमा जोखिम मोलेर ढुङ्गाको भरमा भजनी नगरपालिकाको कार्यालय र बजार आउजाउ गर्न बाध्य रहेका छन ् ।  
२०६७÷६८ मा लामा  निमार्ण कन्ट्रक्सन सँग सम्झौता भई २०७१ मा  सम्पन्न  हुनु पर्ने हो । लामा  निमार्ण कन्ट्रक्सनले विकास झा ठेकेदार मार्फत उक्त पुलको निमार्णको  काम भैरहेको थियो  । पुल निमार्णको ठेक्का लिएका ठेकेदार मार्फत ओभरसियर राधेश्याम शर्माले उक्त पुलको  निमार्ण कार्यमा सुपरिवेक्षण तथा निर्माणको काम गराइ रहेका थिए   । पुलको कामको लागि आवश्यक सामग्री ठेकेदार झाले समयमा उपलब्ध नगर्दा काम बन्द गरेर हिडेको ओभरसियर शर्माले बताउनु भयो ।  
४ करोड २५ लाख  वजेट रहेको पुल निमार्ण कार्यक्रमा   निमार्ण कन्ट्रक्सन र ठेकेदारको लापरबाहीले  सम्झौताको म्याद २ पल्ट थप भई सक्दा पनि पुलको कामले गति लिन सकेको छैन् ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार