News & Events»
टीकापुर नगरपालिकाको नगर पाश्र्वचित्र सार्वजनिक

 टीकापुर २७ पौष, 

टीकापुर नगरपालिकाले एक कार्यक्रमका बीच नगर पालिकाको पाश्र्वचित्र सार्वजनिक गरेको छ । द एसिया फाउण्डेशनको आर्थिक सहयोगमा कमिटेड नेपालले निर्माण गरेको नगर पाश्र्वचित्र टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले सार्वजनिक गर्नुभएको हो । 
नगरपालिकाको वस्तुगत अवस्था, घरधुरी सर्वेक्षण तथा भौगोलिक अवस्थिति (जीपीएस) समेत समेटिएको पाश्र्वचित्रले नगरका आगामी योजनाहरु तर्जुमा गर्न मद्दत पुग्ने प्रमुख रावलले बताउनुभयो । 
तथ्याङ्क नहुँदा विगतका दिनमा योजना तर्जुमा गर्न निकै समस्या हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै रावलले जनताको आवश्यकतालाई ध्यानमा राख्दै प्राथमिकीकरणका आधारमा तय गर्न सहज हुने बताउनुभयो । 
कार्यक्रममा बोल्दै उपप्रमुख केशरी विष्ट रावलले नगर पाश्र्वचित्रले नगर पालिकाको वास्तविक तस्वीर जनता सामु ल्याउन मद्दत गरेको बताउनु भयो । यो पाश्र्वचित्रले नगरबासीलाई विकासको अनुभूति हुने गरी योजना आउनेमा विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्यले पाश्र्वचित्रबाट उपलब्ध तथ्याङ्कका आधारमा नगरका योजना तथा कार्यक्रमहरु प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । 
नगरपालिकाको नगर पाश्र्वचित्र नगरको सम्पत्तिका रुपमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
कार्यक्रममा कमिटेड नेपालका तर्फबाट कार्यक्रम संयोजक खेचरनाथ आचार्यले नगर पाश्र्वचित्रको सांराश प्रस्तुत गर्नुभएको थियो । 
विगत एक वर्षदेखि पाश्र्वचित्र निर्माणमा लागेको कमिटेडले आगामी दुई वर्ष नगरपालिकालाई योजना तर्जुमा गर्नका लागि प्राविधिक सहयोग गर्ने आचार्यले बताउनु भयो । 
देशभरिका ११ वटा नगरपालिकामा पाश्र्वचित्र निर्माण गरेको कमिटेडले दोश्रो चरणको कार्यक्रमका लागि टीकापुर नगरपालिकालाई एक नम्बरमा छनौट गरेको आचार्यले बताउनुभयो । पाश्र्वचित्र निर्माणका लागि कमिटेड नेपालका तर्फबाट संयोजक यज्ञमान सेठ्ठी र सामाजिक परिचालक परमानन्द पाण्डेले एक वर्षदेखि कार्य गर्दै आउनु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार