News & Events»
टीकापुरस्थित जनता बैंकको एटिएम सेवा शुरु, आर्थिक कारोबार घटेकोमा ब्यापारीलाई नआत्तिन उद्योग व

 टीकापुर २७ पौष, 

उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष परशुराम चपाईले जनता बैंकले टीकापुरमा आर्थिक गतिविधि शुन्य भएको अवस्थामा लगानी गरेको बताउनुभएको छ । टीकापुरस्थित जनता बैंकको एटिएम सेवा उद्घाटन गर्दै अध्यक्ष चपाईले ब्यापारिक हितका लागि आर्थिक गतिविधि गर्ने बैंकलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
चपाईले हरेक बजार आर्थिक रुपमा अगाडी पछाडि हुने गरेका उदाहरण दिंदै टीकापुरका व्यवसायीलाई नआत्तिन आग्रह गर्नुभयो । 
कार्यक्रममा सामुदायिक रेडियो टीकापुर एफएमका अध्यक्ष श्याम खत्रीले टीकापुरमा आएका हरेक वित्तिय संस्था तथा बैंकहरु सफल भएका बताउंदै अब हरेक ब्यापारीमा ब्यवसायिक इमानदारिता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बैंकका डेपुटी चिफ अफ रिजन मुकुन्दप्रसाद भट्टले निजि क्षेत्रको शाखा संचालनको तुलनामा जनता बैंक चौथो ठूलो निजी बैंकका रुपमा स्थापित भएको बताउनुभयो । उहांले जनता बैंकले हरेक नेपालीलाई उद्योगी बनाउने उद्देश्य लिएको बताउंदै जनतालाई समृद्धितर्फ लैजानुका साथै आयात घटाउने उद्देश्यका साथ काम गरिररहेको बताउनुभयो ।
 
कार्यक्रममा राष्ट्रिय मावि मनिकापुरका प्रधानाध्यापक सम्भुराज भट्टराई, निर्माण सामाग्री व्यवसायी संघ टीकापुरका अध्यक्ष प्रेम रावल लगायतले बोल्नुभएको थियो । कार्यक्रम गोपिराम जैसीले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार