News & Events»
टीकापुर र लम्कीमा रहेका वादी समुदायलाई कम्बल सहयोग, टीकापुरको सूर्यपुरस्थित बादी बस्तीका ३० पर

 टीकापुर २७ पौष, 

सुदूरपश्चिम समाज दक्षिण कोरियाले अल्पसंख्यक विपन्न परिवारका लागि न्यानो बाँडौं अभियान अन्र्तगत कम्बल सहयोग गरेको छ । यो रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली युवाहरुको संस्था हो । 
संस्थाले सुदूरपश्चिमका नौ जिल्लामा रहेका अल्पसंख्यक विपन्न परिवारका लागि नौ सय कम्बल सहयोग गरेको पूर्वअध्यक्ष सुवास कुमार हमालले जानकारी दिनुभयो । उहांले कैलाली र कञ्चनपुरका अल्पसंख्यक विपन्न परिवारको छनौट गरि वितरण सुरु भएको बताउनुभयो । 
संस्थाले उपलब्ध गराएको कम्बल कैलालीको टीकापुर र लम्कीमा रहेका बादी समुदायलाई प्रदान गरिएको छ । टीकापुर नगरपालिका–८ सूर्यपुरमा रहेको बादी बस्तीमा सुदूरपश्चिम प्रदेश सरकार प्रतिपक्षी दलका नेता साँसद डा. रणबहादुर रावल र साँसद उमादेवी बादीले कम्बल वितरण गर्नुभएको हो ।
सूर्यपुरस्थित बादी बस्तीका ३० परिवारलाई कम्बल प्रदान गरिएको छ । कम्बल सहयोग पाउनेमा एचआईभी संक्रमित, दृष्टिविहिन, बेसहारा, सुत्केरी लगायत छन । 
त्यस्तै संस्थाले उपलब्ध गराएका कम्बल मध्ये कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित बादी बस्तीका २५, कञ्चनपुरको बेल्डाडी खैरिघाटका ५५, शिवनगरका १५, वाणीका १५, महेन्द्रनगरमा १५, गुलरीयामा २० परिवारलाई वितरण गरिएको छ । 
संस्थाले उपलब्ध गराएको कम्बल सुदूरपश्चिमका पहाडी जिल्लाका अल्पसंख्यक विपन्न परिवारलाई समेत प्रदान गर्ने कार्यक्रम रहेको पूर्वअध्यक्ष हमालले जानकारी दिए । 
रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली युवाहरुले एक महिना भित्र आफ्नो पारिश्रमिकबाट संकलन गरेको रकमबाट कम्बल उपलब्ध गराएको बताईएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार