• ३ मङ्सिर २०८३ बुधबार/ Wednesday 11-18-2026
  • स्टुडियो टाईम : ०७:०८

शेयर सदस्यलाइ सहुलियत दिन नवजीवनद्वारा अस्पतालसँग सम्झौता

सम्झौता आदानप्रदान गर्दै नवजीवन सहकारीका अध्यक्ष गोपालराज पाठक र साथी अस्पताल टीकापुरका अध्यक्ष तपेन्द्र विष्ट ।

टीकापुर / नवजीवन सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ टीकापुर क्षेत्रका सदस्यहरूका लागि बुधबार टीकापुरस्थित साथी अस्पतालसँग पाँच वर्षका लागि सम्झौता गरेको छ । सम्झौता अनुसार नवजीवन सहकारीका शेयर सदस्य र तिनका परिवारले अस्पतालको सेवामा छुट सुविधा पाउनेछन् । नवजीवन सहकारी संस्था टीकापुर शाखाका शाखा प्रबन्धक टेक बहादुर बोगटीले नवजीवन सहकारीको शेयरप्रमाण पत्र वा सदस्य कार्ड बोकेर उपचार गर्न आएमा सदस्यहरुलाई १० देखि १५ प्रतिशत छुट दिने जानकारी दिनु भयो । 
सम्झौता अनुसार जनरल बेड, जनरल सर्जरी, आइसीयू एनआइसीयू, क्याविन बेड, प्याथोलोजी टेष्ट, एम्बुलेन्स सेवामा १५ प्रतिशत छु दिइनेछ । फिजियो अकुपञ्चर थेरापीमा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, इसिजी सेवामा दश प्रतिशत छुट हुनेछ ।
समझौता पत्रमा हस्ताक्षर गर्दै नवजीवन सहकारी संस्थाका अध्यक्ष गोपाल राज पाठकले टीकापुरमा साथी अस्पताल जस्तै बाँसगढीका लागि कौशल्या अस्पताल, सुखडमा सिएस अस्पतालल र धनगढीमा निसर्ग अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो ।
यस्तै साथी अस्पतालका अध्यक्ष तपेन्द्र बिष्टले सस्तोमा गुणस्रीय सेवा दिइरहेको साथी अस्पतालसँग नवजीवन सहकारीले सहकार्य गरेकोमा स्वागत गर्दै यो सहकार्यले दुई संस्थालाई फाइदा पुग्ने बताउनुभयो । सम्झौता कार्यक्रममा नवजीवन सहकारीका सञ्चालक खेमराज पाण्डे, महाप्रवन्धक प्रदीपराज जोशी पनि उपस्थित हुनुहुन्थ्यो ।
 

प्रतिकृया दिनुहोस

टीकापुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्ती मनाइयो

# समाचार

२५ कार्तिक, २०८३

टीकापुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्ती मनाइएको छ । देवकोटा साहित्य कला परिवारको आयोजनामा विभिन्न किसीमका रचना बाचन गरी महाकवि

आरोमा चर्चद्धारा रक्तदान कार्यक्रम

# समाचार

२५ कार्तिक, २०८३

टीकापुरस्थित आरोमा चर्चले सोमबार रक्तदान कार्यक्रम गरेको छ । उक्त रक्तदान कार्यक्रममा चर्चका १४ जना सदस्यहरुले रक्तदान गरेका छन् । आत्मिक जागृती

अभिभावक गुमाएका बालबालिकालाई समस्या

# समाचार

१८ कार्तिक, २०८३

भदौ १० गतेको भोटेकोशीमा आएको बाढीमा बाआमा र दिदी बेपत्ता भएपछि आश्रित बालबालिकाको अवस्था चारा लिन गएका माउ हराएबचेराको जस्तै अवस्था भएको छ

↑