• ८ असोज २०८३ बिहीबार/ Thursday 9-24-2026
  • स्टुडियो टाईम : ११:४९

About us

संचारकर्मीहरुको पहलमा २०६३ साल कात्तिक २३ गते पहिलो पटक सामुदायिक रेडियो संचालनका लागि टीकापुरमा भएको सर्वदलीय सर्वपक्षीय भेलाले गरेको निर्णय अनुसार सामुदायिक रेडियो टीकापुर एफएमको स्थापना भएको हो । २०६३ मंसिर ८ मा टीकापुर विकास समितिका अध्यक्ष फकिरसिंह कडायतको अध्यक्षतामा प्रजिअ गणेशबहादुर खत्री, स्थानीय विकास अधिकारी भोजेन्द्र क्षेत्री सहितको उपस्थितमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले एफएम दर्ताका लागि २ लाख २५ हजार रुपैया दिने र आवश्यक पर्ने जग्गा उपलब्ध गराउने निर्णय एफएम स्थापनाको आधार थियो । 
 २०६३ फागुन ३० मा प्रसारण अनुमति प्राप्त भई २०६४ फागुन २५ देखि प्रसारण थालेको यस रेडियोले २०६४ चैत २९ देखि समाचार र त्यसपछि समाचारमूलक कार्यक्रम प्रसारण शुरु गरेको थियो । 

संचालन प्रणालीः   नेपाल सरकार सूचना तथा संचार मन्त्रालयबाट प्रसारण अनुमति पत्र प्राप्त संस्थाको रुपमा संचारकर्मी समूह हो भने संचालनका लागि छुट्टै संचालक समिति रहेको छ । संचालक समितिमा तोकिएको सदस्यता शुल्क भुक्तान गरेका सामुदायिक संस्थाहरु अध्यक्ष्ँ तथा अन्य पदमा रहने व्यवस्था छ । नागरिकबाट निर्वाचनबाट निर्वाचित भई सामुदायिक संस्थाको मुख्य पदमा आसिन जनप्रतिनिधिहरुलाई नेपाल सरकारको प्रचलित सञ्चार कानून र प्रेस स्वतन्त्रताको हनन नहुने गरी रेडियो संचालक समितिको नेतृत्व गर्ने, संरक्षण गर्ने र विकास गर्ने जिम्मेवारी रहेको छ । संचालक समितिको दुई वर्षे कार्यकाल रहन्छ । यसका साथै सामुदायिक रेडियो टीकापुर एफएमको स्थापना र संचालनमा उल्लेखनीय योगदान गर्ने र महिला दलित जनजातिहरुबाट संचालक समितिमा रहदै आएका छन् । यो संचालक समितिमा प्रसारण अनुमति प्राप्त संस्था संचारकर्मी समूह पदेन सदस्य रहेकोछ ।

लक्ष्यः  सामुदायिक रेडियोको माध्यामबाट आम नागरिकलाई संचार सहयात्रामा गोलवन्द गराउदै आर्थिक र सामाजिक उन्नतीका लागि रेडियोमा समुदायको पहु“च पु¥याउने ।

एफएमको उद्देश्य ः  १.    आम जनताको पहुँच संचार माध्यमसम्म पु¥याउने । २.    कृषि, स्वास्थ्य शिक्षा तथा वातावरण एवम शैक्षिक सचेतनामुूलक कार्यक्रमहरु संचालन गर्ने । ३. प्रसारणका माध्यमबाट समाजमा रहेका विभिन्न जातजाति, भाषाभाषी, समुदायवीच सहकार्यको वातावरण तयार गर्न सहयोग गर्दै विभिन्न समुदायमा लोप हुने अवस्थामा रहेका संस्कृतिलाई प्रसारणका माध्यामबाट प्रवद्र्धन गर्ने ।
४.    स्थानीय संस्था, सामुदायिक संस्था, परम्परागत संस्थाहरुको आधुनिकीकरण, पारदर्शिताको अभ्यासमा संचार सहयोग गर्दै सामाजिक रुपान्तरणका लागि सहयोग गर्ने । ५.  रेडियो कार्यक्रम मार्फत शान्ति, विकास, सुुशासन, दीगो विकास र सरकारले तय गरेको विकास लक्ष्यलाई सहयोग पु¥याउने । ६. पिछडिएका जनजाति, महिला, दलित समुदायको उत्थानको लागि ज्ञान तथा सीपमुुलक कार्यक्रमहरु प्रसारण गरी समुदायमा चेतना फैलाउने र सामुदायिक नेतृत्व विकासको लागि सहयोग पु¥याउने । ७. मानव अधिकार, समावेशी लोकतन्त्र, पे्रस स्वतन्त्रताको पक्षमा संचार प्रवाह गर्दै एफएमको माध्यमबाट शिक्षा र स्वच्छ मनोरंजन प्रदान गर्ने ।

एफएमका सदस्य संस्थाहरुः

सञ्चारकर्मी समूह 

बौनियां बजार व्यवस्थापन समिति 

सत्ती कर्णाली सामुदायिक वन नारायणपुर 

सामुदायिक सहकारी संस्था, सत्ती 

टीकापुर उद्योग वाणिज्य संघ 

टीकापुर बहुमुखी क्याम्पस 

सामुदायिक सहयोग समिति 

नवजीवन सहकारी संस्था 

वीरेन्द्र विद्या मन्दिर मावि 

खोटेना भुराखानी सामुदायिक वन 

मानव अधिकार सचेतन तथा सावि केन्द्र (हुराड्स) 

टीकापुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था 

कृषि बजार व्यवस्थापन समिति टीकापुर 

जनकल्याण वचत तथा ऋण सहकारी संस्था टीकापुर 

भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र 

टीकापुर अस्पताल विकास समिति 

लक्ष्मीनारायण बहुद्देशीय सहकारी संस्था 

बाल कल्याण संघ टीकापुर 

जनशक्ति सामुदायिक वन उपभोक्ता समूह 

शित्तल सामुदायिक वन 

↑