उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिमको दोस्रो अधिवेशन
उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनले भोजराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सर्जुप्रसाद चौधरी, सचिव एकिन्द्र तिमिल्सेना, कोषाध्यक्ष सपना न्यौपाने भण्डारी चयन हुनु भएको छ । समितिको सदस्यमा डाक्टर तुलसी शर्मा, पुष्पविक्रम शाही र हरिषचन्द्र बाग चयन हुनु भएको छ । यस्तै मञ्चका पूर्व प्रदेश अध्यक्ष डाक्टर भवानसिह चलाउनेको संयोजकत्वमा शेरबहादुर बस्नेत देवीप्रसाद खनाल सदस्य रहेको सल्लाहकार समिति पनि चयन भएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुङ्गेलले नेपालको संविधानमा उपभोक्ताको हकको व्यवस्था गर्न र उपभोक्ता अदालतको स्थापना गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको ठूलो भूमिका गरेको चर्चा गर्दै अब जनस्तरमा उपभोक्ता अधिकार स्थापित गराउन नयाँ नेतृत्वले स्वयंसेवी रुपमा काम गर्न तयार रहनुपर्ने बताउनुभयो ।
मञ्चका निवर्तमान अध्यक्ष डाक्टर भवानसिंह चलाउनेले छ वर्ष अघि सुदूरपश्चिममा समिति गठन गरेर मञ्चले काम गर्दा उपभोक्ता हितका सवालमा ससान कुरामा पनि समस्या रहेको, सरकारी निकायले ध्यान दिने सँस्कृति नभएको अनुभव बटुलेको बताउनु भयो ।
मञ्चका केन्द्रीय उपमहासचिव तथा निर्वाचन अधिकृत श्रृङ्गऋषि काफ्लेले उपभोक्ता अधिकारका विषयमा आम उपभोक्तालाई जागरुक गराउन नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नयाँ अध्यक्ष भोजराज जोशीले मञ्चको विधान अनुसार गर्नुपर्ने काम क्षमताले भ्यायसम्म गर्ने प्रतिवद्धता जनाउनु भयो । नौ सदस्यीय कार्यसमितिका दुई सदस्य पछि थप हुने जनाइएको छ ।
टीकापुरमा फेरि चितुवाको आतंक
# समाचार
२० श्रावण, २०८३
टीकापुरमा फेरि चितुवाको आतंक शुरु भएको छ । चितुवाले साउन १७ गते राति टीकापुर नगरपालिका–१ शक्तिनगर २ नम्बर टोलमा खसी मारिदिएको छ भने १८ गते राति ३
रानी कुलो जल उपभोक्ता संस्थामा नयाँ नेतृत्व
# समाचार
१८ श्रावण, २०८३
रानी कुलो जल उपभोक्ता संस्थाको १९औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदका लागि भएको मतदानबाट बीरबहादुर खत्री निर्वाचित हुनु
सिद्धार्थ टोलविकास संस्थाको पहिलो साधारण सभा सम्पन्न
# समाचार
१८ श्रावण, २०८३
टीकापुर नगरपालिका वडा नं. १ शंकरपुर स्थित सिद्धार्थ टोलविकास संस्थाको पहिलो साधारण सभा भएको छ । संस्थाका अध्यक्ष भीमबहादुर भण्डारीको अध्यक्षमा





प्रतिकृया दिनुहोस