• ४ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-20-2026
  • स्टुडियो टाईम : ०४:०२

मासु खाँदा ध्यान दिनुपर्ने विज्ञको सुझाव

श्याम पाण्डे पशु चिकित्सक



उपभोक्ताले मासु खाँदा ध्यान दिनुपर्ने विज्ञले बताएका छन् । चाडवाडका बेला मासुको माग धेरै हुने भएकाले विक्रेताले पनि ध्यान पु¥याउनु पर्ने हुन्छ । स्वच्छ मासु उपभोग गर्न पशुपन्छीपालक किसान, मासु विक्रेता जिम्मेवार हुनुपर्ने र  उपभोक्ता पनि सचेत हुनुपर्ने पशु चिकित्सक श्यामराज पाण्डेको भनाइ छ ।
पाण्डेका अनुसार मासुका लागि काटिने पशुपन्छी स्वस्थ हुनुपर्ने, पशु बधशाला सफा हनुपर्ने, काटिएको पशुपन्छिको छाला हटाउनु पर्ने, मासुलाई आठ घण्टा जति डिप फ्रिजमा राख्नु पर्दछ ।
फ्रिजमा राखिएको मासु लामो समयसम्म पनि खान मिल्ने भएकाले चाहिने जति निकालेर पकाउन सकिन्छ । तर बाहिर निकालेको मासु र पकाएको मासुलाई फेरि फ्रिजमा राख्ने फेरि पकाएर तताएर खाने गर्न नहुने पाण्डेको सुझाव छ ।
यस्तै पशुपन्छीलाई औषधी दिएको निश्चित अवधी पूरा नभइ मासुका लागि प्रयोग योग्य नहुने भएकाले पशुपन्छी पालकले यस अवधिमा बेच्न नहुने पाण्डेको सुझाव छ ।  मासु जाँच ऐन २०५५ मा भएको व्यवस्था अनुसार पशुपन्छीलाई उचित तरिकाले ढुवानी गर्ने, पशुपन्छीलाई वध गर्नु अघि आराम दिने, काटदा च्याट्टै घाँटी छिनाल्ने, रगत निखार्ने, सफा ठाउँमा राखेर भुत्ल्याउने र सकेसम्म छाला हटाउनु पर्ने पाण्डेको सुझाव छ । 
 

प्रतिकृया दिनुहोस

संस्कृति संरक्षणका लागि मादल वितरण

# समाचार

२ कार्तिक, २०८३

जानकी गाउँपालिकाका वडाहरुले संस्कृति जर्गेनाको लागि वडाबाट मादलहरु वितरण गर्ने गरेका छन् । गाउपालिकाको वडा नं. ८ ले पनि मादल वितरण गरेको छ । वडा नं ८

सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित

# समाचार

२ कार्तिक, २०८३

सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित भएका छन् । शिक्षालयमा सञ्चालन भएको सि.सं. २३९

भगोरिया गोतियार समुह गठन

# समाचार

२ कार्तिक, २०८३

टीकापुर नगरपालिका १ बनगाउँमा भगोरिया गोतियार समुह गठन भएको छ । भगोरिया गोतियार समुहको अध्यक्षमा जंगबहादुर भगोरिया, सचिवमा सीतुलाल भगोरिया,

↑