• २ भदौ २०८३ मंगलबार/ Tuesday 8-18-2026
  • स्टुडियो टाईम : ०८:४१

सत्ती कर्णाली वनको ३२औँ वार्षिक साधारणसभा

सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह टीकापुरको ३२ औँ वार्षिक साधारणसभा भएको छ । साधारणसभा १ करोड ८२ लाख ८९ हजार ९ सय ५७ रुपैया बराबरको आयव्यय प्रस्तुत गरिएको छ । जसमा ४८ लाख ६५ हजार ७ सय ७४ रुपैया बचत रहेको लेखापाल मैनकला घर्ती मगरले जानकारी दिनुभयो । साधारण सभामा बोल्ने बक्ताहरुले सामुदायिक वन कर्णाली नदी कटानको जोखिममा पर्दै गएकाले वन जोगाउने योजना बनाउन सुझाव दिएका छन् । 
बक्ताहरुले सबै मिलेर ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको बेतबासको यो वन संरक्षण र नदी कटान नियन्त्रणका लागि पहल गर्नुपर्ने बताएका छन् । वि.सं. २०५१ सालमा दर्ता भएको वन बेत वनका रुपले चिनिने गरेको छ । वनको आम्दानीको मुख्य स्रोत बेतबास नै हो । 
कार्यक्रम उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सत्ती वन टीकापुरको मात्र नभइ देशकै ऐतिहासिक पहिचान भएको बताउनुभयो । 
नगर प्रमुख थारुले राजनीति गर्नेहरूको विकासमा ऐक्यवद्धता हुनुपर्ने बताउँदै टीकापुरका सम्भावना र चुनौती सामना गर्न प्रयासरत रहेका, कर्णाली नदीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरीले सामुदायिक वन छेउमा रहेका किसानलाई कसरी व्यवस्थापन गर्ने त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 
वडा न ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले सबैको लगानी र अथक प्रयासले वनले राम्रा काम गरिरहेको, बेत वन कटानी हुदै जादा समस्या भएको बताउनुभयो । उहाँले ठेकेदार, सघिय सरकारले ध्यान नदिदा वनले समस्या भोगिरहेको बताउनुभयो । 
कार्यक्रममा वडा न ८ का वडाध्यक्ष दिर्घबहादुर ठकुल्लाले सामुदायिक वनले सरकारले गर्ने कामको दायित्व लिएकाले अझ राम्रो गर्न सबै मिलेर छलफल गर्नुपर्ने बताउनुभयो । 
नारायणपुर गाविसका पुर्व अध्यक्ष फकिरसिंह कडायतले तत्कालीन अध्यक्ष मोहन रावल, तत्कालीन वडाध्यक्ष लगायतको अथक मेहनतले वन यहासम्म पुगेको बताउनुभयो । अहिले वन कटान भइरहेकोमा सबै चिन्तित रहेको बताउदै नदी नियन्त्रणका लागि सिचाइ आयोजनाबाट सम्बोधन नभएकोले निराश नभइ गम्भीर भएर प्रयास गरिरहनुपर्नेमा जोड दिनुभयो । 
शव डिभिजन वन कार्यालय प्रमुख दिलिपकुमार यादवले वनका दुई खण्ड कटान भएकाले बचेको खण्ड जोगाउन वन कार्यालय, वन समितिले नसक्ने भएकोले पहल गर्न राजनीतिक दललाइ आग्रह गर्नुभयो । 
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष जीतराम चौधरीले वनले शैक्षिक विकास, सामाजिक विकास, जेष्ठ नागरिकलाई सहयोग, विपन्न उपभोक्तालाई सहयोग, आयआर्जनका क्षेत्रमा सघाउँदै आएको बताउनुभयो । 
कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार सयोजक धनसिँह साउँद, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारीका अध्यक्ष कपुरसिह कडायत, भानु पुस्तकालयका अध्यक्ष मनिराम ढुगाना, शिक्षक भिम महर, उपभोक्ता निर्मल नेपाली लगायतले बोल्नुभएको थियोे ।
वन समितिका अध्यक्ष जीतराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मञ्जु चौधरीले गर्नुभएको थियो भने सञ्चालन सह सचिव मोहन बहादुर रावलले गर्नुभएको थियो ।

१४० जना जेष्ठ नागरिकलाई सम्मान
सत्ती कर्णाली सामुदायिक वनले  १४० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वन समितिले ७५ वर्षमाथिका जेष्ठ नागरिक उपभोक्तालाई पानी खाने थर्मस सहित सम्मान गरेको हो । संस्थाले दुई जना उदयीमान खेलाडीलाई जनही नगद ५ हजार १ सय सहित सम्मान गरेको छ । 
फुटबल खेलाडी दिपा भण्डारी र चरण ठकुल्लालाई सम्मान गरिएको हो । वन समितिले एसइइ २०८१ मा कर्णाली मावि सत्तिबाट उत्कृष्ट अक ल्याउने समिक्षा भण्डारी र सेवा निवृत्त हुनुभएका शव डिभिजन वन कार्यालयका वन रक्षक दिर्घराज उपाध्यायलाई समेत नगद सहित सम्मान गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

बडीमालिका–रामारोशन बन संरक्षण क्षेत्र घोषणा

# वन / वातावरण

२७ श्रावण, २०८३

अछाम र बाजुराका चार पालिका जोडेर  बडीमालिका–रामारोशन बन संरक्षण क्षेत्र घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले

टीकापुर वचत सहकारीको स्थापना दिवसमा अस्पताललाई सहयोग

# वन / वातावरण

१२ फाल्गुण, २०८२

टीकापुर वचत तथा ऋण सहकारी संस्थाले स्थापनाको सत्रौं वार्षिकोत्सवका अवसरमा टीकापुर अस्पताललाई दुई वटा आराम बेञ्च र सरसफाइ सामग्रीहरु उपलब्ध गराएको छ